Tag Archives: mainnews

कलंकीमा ट्रकले अरु गाडीलाई ठक्कर दिंदा दुईको मृत्यु, ६ जना घाइते

काठमाडौं । काठमाडौंको कलंकीमा ट्रकको ब्रेक फेल भएर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा कङशंकर दमाई, रञ्जित कुमार चौधरी रहेका छन् । यस्तै घाइते हुनेहरुमा शम्भुनाथ, रामचन्द्र सिम्खडा, सुजन मानन्धर, विशाल श्रेष्ठ र सन्ध्य खत्री रहेका छन् । प्रहरीका अनुसार थानकोटबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश २–०३००१ ख १४२० नम्बरको मालवाहक ट्रक ढुंगेअड्डामा ब्रेक फेल भई दुर्घटना भएको हो …

पुरा पढ्नुहॊस »

कांग्रेसको निष्कर्ष: सरकारकै कारण राजावादी र विप्लव समूह सक्रिय

काठमाडौं । प्रमुख विपक्षी दल कांग्रेसले सरकारकै कामका कारण देशमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपादेखि राजावादीसम्मको सक्रियता बढेको निष्कर्ष निकालेको छ । विहिबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सो निष्कर्ष निकालेको हो । बैठकमा विप्लव समूहद्वारा शिक्षक हत्यादेखि राजावादीको प्रदर्शनसम्मका घटनाको विषयमा छलफल भएको थियो । भ्रष्ट सरकारका क्रियाकलापकै कारण जनतामा निराशा छाएको र त्यसैको फाइदा उठाएर विप्लवदेखि राजावादीसम्म सक्रिय बनेको उसको निष्कर्ष छ । सरकारलाई खबरदारी गर्न …

पुरा पढ्नुहॊस »

घटेन कोरोना ग्राफ, विश्वमा संक्रमितको संख्या ७ करोड नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या ७ करोड ६ लाख नाघेको छ भने १५ लाख ८७ हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ७ करोड ६ लाख ९८ हजार ३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको …

पुरा पढ्नुहॊस »

आजको मौसम: पहाडमा वर्षा, हिमालमा हिमपात

काठमाडौं । अहिले प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकि भू-भागहरुमा आंशिक बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दक्षिणपूर्वी अरवियन सागरमा विकसित न्युन चापीय प्रणालीको प्रभाव नेपालकाे मौसम बदली भएको हो । यस्तो छ तीन दिनको पूर्वानुमान मंसिर २६ गते (शुक्रबार) दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका …

पुरा पढ्नुहॊस »

घटेन कोरोना ग्राफ, विश्वमा संक्रमितको संख्या ६ करोड ९२ लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या ६ करोड ९२ लाख नाघेको छ भने १५ लाख ७५ हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ६ करोड ९२ लाख २८ हजार ३९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको …

पुरा पढ्नुहॊस »

कोरोना खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न गृहकार्य हुँदैछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पुर्‍याउन नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् । विश्व मानवअधिकार दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले ‘समृद्ध देशका लागि स्वस्थ नागरिक’ को अवधारणा साकार पार्नका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा पहुँचको व्यवस्था सुनिश्चित गर्न ‘एक स्थानीय तह, एक स्वास्थ्य संस्था’, ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य बीमालगायत कार्यक्रम सञ्चालन गरिएको …

पुरा पढ्नुहॊस »

आजदेखि खुल्दै चिडियाखाना : यस्तो छ स्वास्थ्य सुरक्षा मापदण्ड

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत ७ गतेदेखि बन्द भएको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखा बिहीबारदेखि खुल्ने भएको छ । नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी बिहीबारदेखि चिडियाखाना खुल्न लागेको हो । चिडियाखानामा प्रवेशका लागि स्वास्थ्यका मापदण्ड तयार गरिएको बताउँदै चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेलले प्रवेश टिकटको डिजिटलाइजेसन गरिएको जनाकारी दिए …

पुरा पढ्नुहॊस »

आजको मौसम कहाँ कस्तो ? यस्तो छ पूर्वानुमान

काठमाडौं । अहिले प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकि भू-भागहरुमा आंशिक बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ । यस्तो छ तीन दिनको पूर्वानुमान मंसिर २५ गते (बिहिबार) दिउँसो : प्रदेश नं १, प्रदेश नं २ र बाग्मति प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली …

पुरा पढ्नुहॊस »

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १५ लाख ५० हजार नाघ्‍यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या ५ करोड ९४ लाख नाघेको छ भने १५ लाख ५० हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ६ करोड ७९ लाख ३४ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको …

पुरा पढ्नुहॊस »

सर्वदलीय बैठक आज: राजावादीका गतिविधिबारे के गर्ला ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्न लागेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको छ । समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीको आह्वानमा बैठक बोलाइएको हो । बैठकमा विशेषतः राजतन्त्र पक्षधरको प्रदर्शनका विषयमा छलफल हुने बुझिएको छ । यस्तै कोभिड १९ को महामारी र यसले पारिरहेको संकट …

पुरा पढ्नुहॊस »