Tag Archives: featured

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर अन्तर्गत २० जना भाग्यशाली विद्यार्थीहरूले भुक्तानी गरेको रकम वा अधिकतम १० हजार रूपैयाँसम्मको छात्रवृत्ति रकम प्राप्त गर्न सक्नेछन्। यो अफर कनेक्ट आइपिएसबाट वैशाख ३१ गतेसम्म अनलाइन फी भुक्तानी गर्दा लागू हुनेछ। अफरको अन्त्यपछि कनेक्ट आइपिएसको आधिकारिक वेबसाइट मा बिजेताको जानकारी प्रकाशित गरिने छ। साथै भुक्तानी गरिएको बैंक खातामा नै छात्रवृत्तिको रकम जम्मा गरिने कमपनीले बताएको …

पुरा पढ्नुहॊस »

नेपालमा सार्वजनिक भयो ल्याक्मे सनस्क्रिन

काठमाडौं । नेपालमा ल्याक्मे सनस्क्रिन सार्वजनिक गरिएको छ। ‘स्टन इन द सन’ ट्यागलाइनको साथ उक्त सनस्क्रिन सार्वजनिक भएको हो। सौन्दर्य ब्रान्ड ल्याक्मेले आफ्नो सनस्क्रिनको लन्च गरेको हो। युनिलिभर नेपालअन्तर्गत रहेको ल्याक्मेले ल्याक्मे सन् एक्सपर्ट अल्ट्राम्याट लोसनको २ नयाँ प्रकार–एसपीएफ५० र एसपीएफ ३० नेपालमा ल्याएको छ। नेपालमै बनेका यी उत्पादनहरू नजिकका स्थानीय स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ। यी उत्पादनहरुले यूभीए ९सौर्यविकीरण०विरुद्ध सुरक्षा प्रदान गर्ने र यूभीबी किरणहरूलाई ९७ प्रतिशतसम्म ब्लक …

पुरा पढ्नुहॊस »

नेशनल लाइफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिले आफ्ना अभिकर्ताहरूलाई ३ रात ४ दिनको मुक्तिनाथ भ्रमण गराएको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरूका लागि २०८० असोज र कार्तिक महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पुरा गर्न सफल २०० जना भन्दा बढी वरिष्ठ अभिकर्ताहरूलाई नेपालको पर्यटकीय क्षेत्र मुस्ताङको मनोरम दृश्यहरू अवलोकन गराउने र त्यहाँ अवस्थित नेपालको मुख्य तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गराउने उद्देश्यले भ्रमण कार्यक्रम आयोजना गरिएको …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा पुगेको छ ।

पुरा पढ्नुहॊस »

नौ लाख घरधुरीमा जोडियो वर्ल्ड लिंकको इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेसन्सको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको कम्पनीले जनाएको छ । सन् १९९५ मा स्थापना भएको वर्ल्ड लिंकले हालै ग्राहक संख््यामा यो नयाँ उचाईं हासिल गरेको कम्पनीले उल्लेख गरेको छ । आजभन्दा २९ वर्षअघि कम्पनीका संस्थापक दिलीप अग्रवालले अमेरिकाबाट ल्याएको एउटा कम्प्युटर र ईमेल सर्भरबाट वर्ल्ड लिंकको यात्रा सुरु भएको थियो । नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त गरी सेवा विस्तारमा लागेको …

पुरा पढ्नुहॊस »

नेपाल लाइफले ल्यायो ‘केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना’, यस्ता छन् विशेषता

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ । आज कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त बीमा योजनाको अनावरण गरेका हुन् । अनिश्चितताले भरिएको संसारमा, आफ्ना बालबालिकाहरूको लागि स्थिर र समृद्ध भविष्य सुनिश्चित गर्नु सर्वोपरि हुने भएकोले सो आवश्यकता परिपूर्ति गर्नको लागि व्यापक कभरेज प्रदान गर्न नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको कम्पनीले जनाएको …

पुरा पढ्नुहॊस »

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित बैंकहरुसँगको सहकार्यमा जीवाश्म इन्धन अप्रसार सन्धि पहलमा आफ्नो तौल राखेको जनाएको छ । यस विश्वव्यापी प्रयासले स्वच्छ ऊर्जामा संक्रमणलाई गति दिन, जीवाश्म इन्धन विस्तारलाई रोक्न र अवस्थित उत्पादनलाई चरणबद्ध गर्न अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिएर पेरिस सम्झौताको उद्देश्यहरू कायम राख्ने लक्ष्य राखेको छ। वित्तीय संस्थाहरूको बढ्दो गठबन्धनको अग्रभागमा राखिएको, तिनीहरूले कार्यको लागि सन्धिको आह्वानलाई समर्थन गर्छन्, …

पुरा पढ्नुहॊस »

सूर्यज्योतिले मनायो आफ्नो १६ औँ वार्षिकोत्सव

काठमाडौँ । जीवन बिमा कम्पनीहरूबिच पहिलो पटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरी देशैभरि रहेका सम्पूर्ण शाखाहरूमा केक काटेर १६औँ वार्षिकोत्सव मनाएको छ । १५ वर्षको इतिहास बोकेको सूर्या लाइफ इन्स्योरेन्स र छोटो अवधिमा उल्लेखनीय सेवा प्रदान गरी आफूलाई एक सबल कम्पनीको रूपमा प्रस्तुत गरेको ज्योति लाइफ इन्स्योरेन्स बीच मर्जर भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स २०७९ पौष ७ गते आफ्नो संयुक्त कारोबार सुरु …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकद्वारा पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले सोमबार पृथ्वी दिवस २०२४ को अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । बैंकले यस दिवसको अवसरमा सरसफाइ र चित्रकला प्रतियोगिता जस्ता कार्यक्रमहरू आयोजना गरेको हो । स्वच्छ वातावरण निर्माणमा सघाउ पुऱ्याउने र वातावरणीय समस्याहरूको बारेमा सचेत गराइ भविष्यका पुस्ताहरूका लागि पृथ्वीको संरक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरी पृथ्वी दिवस मनाएको बैंकले जनाएको छ । बैंकले सरसफाइ कार्यक्रम अन्तर्गत देशको सातै प्रदेशका कुल …

पुरा पढ्नुहॊस »

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा डंगोल नियुक्त

काठमाडौँ । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा मन्जिला डंगोललाई नियुक्त गरिएको छ । व्यवस्थापनमा स्नातकोत्तर डंगोलसँग तत्कालिन सनराईज बैंक, तत्कालिन मेगा बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यवस्थापकीय तहमा रहेर करिव १५ वर्ष कार्य गरेको अनुभव रहेको छ । अनुसंधान तथा बिकास, जोखिम व्यवस्थापन, कर्जा जोखिम विश्लेषण, तथ्यांक विश्लेषण, साना तथा मझौला कर्जा व्यवस्थापन, कृषि कर्जा व्यवस्थापन आदिमा विशेष दख्खल राख्ने डंगोलले डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको …

पुरा पढ्नुहॊस »