Tag Archives: featured

मंगलबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजार आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको हो । तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलाको ५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला …

पुरा पढ्नुहॊस »

कृषि प्रवर्द्धन गर्न नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनीबीच समझदारी

काठमाडौं । नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि प्रवर्द्धन गर्न समझदारी गरेका छन् । कृषि प्रवर्द्धन, अनुसन्धान, विकास, पूर्वाधार निर्माण, यान्त्रिकीकरण तथा किसानहरूमा उद्यमशीलता विकासका लागि समझदारी गरिएको हो । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाको उपस्थितिमा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक भरतराज ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । ग्राहकहरूको आवश्यक वित्तीय र गैरवित्तीय सेवाहरूमा पहुँच विस्तार …

पुरा पढ्नुहॊस »

चैतसम्म भाखा नाघेको ऋण असारभित्रै भुक्तानी गरे ऋणीलाई एनआईसी एसियाले ब्याजमा छुट दिने

काठमाडौँ । एनआइसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने हेतुले छुट सम्बन्धी योजना सार्वजनिक गरेको छ । बैंकले २०८० चैत्र मसान्त सम्ममा तल उल्लेख गरिए अनुसार भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ आषाढ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा समेत तालिकामा उल्लेख भए …

पुरा पढ्नुहॊस »

सोमबार कति छ सुनको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ । आइतबार प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलाको ३ सय रुपैयाँले बढेको हो । यसदिन सुन प्रतितोला एक लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदीको मूल्य तोलाको ५ रुपैयाँले बढेको …

पुरा पढ्नुहॊस »

‘मिस ग्राण्ड नेपाल-२०२४’ को आवेदन खुला, आवेदन दिन यस्ता छन् मापदण्ड

काठमाडौं । ‘मिस ग्राण्ड नेपाल, २०२४’ नामक सौन्दर्य प्रतियोगिताका लागि आवेदन खुला गरिएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक उमङ्ग क्रिएसन प्रालिका प्रवन्ध निर्देशक उद्धव अधिकारीले आवेदन खुला गरिएको र इच्छुकले असार ३१ गतेसम्म आवेदन दिनसक्ने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा १८ देखि २९ वर्ष उमेर समूहका अविवाहित महिलाले आवेदन दिनसक्ने छन् भने आवेदकहरुको उचाइ कम्तीमा पाँच फिट तीन इञ्च हुनुपर्नेछ । कम्पनीका अनुसार प्रतियोगिताको विजेताले नेपालको प्रतिनिधित्व …

पुरा पढ्नुहॊस »

नयाँ स्वरूपमा यस्तो बन्यो ‘बेनीको बजार, जता माया उतै छ नजर’

काठमाडौं । बहुचर्चित नेपाली लोकगीत ‘बेनीको बजार, जता माया उतै छ नजर’ को म्युजिक भिडियोलाई नयाँ प्रस्तुतिका साथ पुनः निर्माण गर्न सुरु गरिएको छ । जिल्ला सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल उक्त गीतलाई पुनः नयाँ स्वरूपमा रेकर्ड गरेर म्युजिक भिडियो तयार गर्न लागिएको हो । युवाको नेतृत्व र व्यक्तित्व विकाससँगै कला, संस्कृतिको संरक्षण र संवर्द्धनमा सक्रिय म्याग्दी जेसिजले गीतका सर्जकको परिवारबाट अनुमति लिएर गीतलाई नयाँ प्रस्तुतिका साथ बजारमा …

पुरा पढ्नुहॊस »

गरिमा बैंकका ग्राहकलाई विभिन्न संस्थाका वस्तु तथा सेवामा ६०% सम्मको छुट प्रदान गरिने

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न व्यावसायिक संस्थाका वस्तु तथा सेवामा विशेष छुट प्राप्तगर्ने भएका छन् । शिक्षा, स्वास्थ्य तथा दैनिक उपभोग्य वस्तु तथा सेवा आपूर्तिकर्ताहरूसँगको समन्वयमा विकास बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने व्यवस्था मिलाएको बैंकले जनाएको छ । सम्झौता पश्चात् गरिमा विकास बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूले उपलब्ध गराउने विभिन्न सामग्री तथा सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् …

पुरा पढ्नुहॊस »

एनसेल एपमा अब माछापुच्छ्रे बैंकको प्लेटफर्ममार्फत भुक्तानी गर्ने सुविधा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र एनसेलबीच डिजिटल प्लेटफर्ममार्फत सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ। एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र माछापुच्छ्रे बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले गत हप्ता एनसेल आइकन, लैनचौरमा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। मोबाइलमा डेटा सकिएपछि ब्यालेन्स नकाटिने र अन्य सुविधाहरु रहेको एनसेलको ‘सधैं अन’ योजना अन्तर्गत गरिएको यस सम्झौताअनुसार अब माछापुच्छ्रे बैंक लि.मा आफ्नो खाता भएका एनसेलका ग्राहकहरुले बैंकको …

पुरा पढ्नुहॊस »

पीक्याफको सदस्य बन्यो एनआईसी एसिया बैंक, वातावरणीय दिगोपनामा प्रतिबद्ध

काठमाडौं । एनआईसी एसिया बैंक पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीक्याफ)को सदस्य बनेको छ। पीक्याफ एउटा ग्लोबल इनिसिएटिभ हो जहाँ विश्वका वित्तीय संस्थाहरुले सहकार्य गरेका छन्। पीक्याफले ग्रिनहाउस ग्यास उत्सर्जनसँग सम्बन्धित कर्जा र लगानीको अध्ययन र अवस्थालाई सुनिश्चित गर्छ। पीक्याफमा विश्वभर ६ महादेशका ४८० वित्तीय संस्था जोडिएका छन्। यसको सदस्य बनेसँगै एनआईसी एसियाले पनि पर्यावरणीय दिगोपनामा आफ्ना कार्बन फुटप्रिन्टको पारदर्शी मूल्यांकन गर्ने प्रतिबद्धता जनाएको छ। ‘संसार वातावरणमैत्री अभ्यासतर्फ आधारभूत रुपमा …

पुरा पढ्नुहॊस »

बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ-भरतपुर उडान गर्ने

काठमाडौं । बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्ने भएको छ । धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुद्धले अब ७२ सिटे जहाजबाट उडान गर्न लागेको हो । बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले एक सातापछि ठूलो जहाज सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए । गत साता श्री एयरले काठमाडौँ–भरतपुर ८० सिटे जहाजको परीक्षण उडान गरिसकेको छ । बस्नेतका अनुसार एयरलायन्सले अनुमति प्राप्त गरिसकेकाले …

पुरा पढ्नुहॊस »