सिटिजन्स क्यापिटल र खानी खोला हाइड्रोपावरबीच हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता

काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेड र खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड बीच हाइड्रोपावरको साविकको शेयरधनीहरुको लागि हकप्रद शेयर निष्काशन प्रबन्ध सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत लामिछाने थापा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशन प्रबन्धकको रुपमा काम गर्नेछ ।

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड अन्तर्गतको आयोजनाहरु “टुगुंन–ठोस्ने तथा खानी खोला जलविद्युत आयोजना” ललितपुर जिल्लामा अवस्थित रहेका छ । कम्पनीका क्रमशः ४.३६ मेगावाट र २ मेगावाट उत्पादन क्षमता रहेका आयोजनाहरु २०७३ मंसिर देखि नै संचालनमा आइसकेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने, कहाँ-कहाँ पाइन्छ ?

काठमाडौं । यसवर्षको दसैँका लागि आजदेखि सफा तथा सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैँकका अनुसार यसवर्षको दसैँका लागि आजदेखि २२ गतेसम्म सफा तथा सुकिला नोट साट्न पाइने भएको हो ।

प्रतिकृया दिनुहॊस