सूर्यज्योति लाइफ इन्स्योरेन्सले गर्‍यो दोस्रो सेल्स कन्भेन्सन

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले दोस्रो ‘सूर्यज्योति सेल्स कन्भेन्सन’ सम्पन्न गरेको छ।

देशभरका प्रदेश प्रमुख, क्षेत्रिय प्रमुख, शाखा प्रबन्धक र सेल्स एक्सिक्युटिभहरू सहित करिब २०० भन्दा बढी सहभागीहरूको उपस्थितिमा सौराहाको होटल सेभेन स्टारमा दोस्रो सूर्यज्योति सेल्स कन्भेन्सन भव्यताका साथ सम्पन्न गरेको छ।

कम्पनीका सञ्चालक समिति अध्यक्ष केशव प्रसाद भट्टराई, सदस्यहरू नन्द किसोर शर्मा, हेमन्त नहाटा, विवेक झा, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्कालगायत पदाधिकारीहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा व्यवसाय, अभिकर्ता नियुक्ती र बीमालेखको आधारमा उत्कृष्टता हासिल गर्न सफल भएका देशभरीबाट उत्कृष्ट १० जना ब्रान्च म्यानेजर र १० जना सेल्स एक्जिक्युटिभहरूलाई सम्मान गरिएको थियो।

उक्त कार्यक्रममा प्रत्येक विधामा सर्वोत्कृष्ट ३ जनालाई अध्यक्षद्वारा ट्रफी तथा सम्मानपत्र हस्तान्तरण गरिएको थियो।
उक्त आयोजित दोस्रो सेल्स कन्भेन्सनबाट कम्पनीको हालको अवस्था र आगामी बजार विस्तार योजना र रणनीतिसम्बन्धी बृहत ज्ञान प्राप्त गर्ने अवसरले कर्मचारीहरू थप उत्साहित रहेको कुरा सहभागीहरूले जानकारी गराए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सूर्या लाइफ र ज्योति लाइफको ऐतिहासिक सफल मर्जर पश्चात कम्पनीले हरेक सूचकहरूमा उल्लेखनीय सफलता हासिल गर्दै आइरहेको साथै समय सापेक्ष उत्कृष्ट योजना र नवीनतम प्रविधिको अवलम्बन गर्दै देशको जीवन बीमा क्षेत्रकै उत्कृष्ट सूर्यज्योति लाइफ बन्नेमा आफू ढुक्क रहेको बताए।

सञ्चालक विवेक झाले कम्पनीसँग बेस्ट प्रोडक्ट, देशभर फैलिएको शाखा सञ्जाल, उत्कृष्ट सेल्स टिम र दक्ष कर्मचारीहरूको साथ रहेको हुँदा आगमी दिनमा जीवन बीमा कम्पनीहरूमा सूर्यज्योति नै अब्बल हुने कुरामा आपूmले दृढ विश्वास लिएको जानकारी गराए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन …

प्रतिकृया दिनुहॊस