Tag Archives: featured

माछापुच्छ्रे बैंकबाट पूर्व प्रहरीले पेन्सनपट्टा धितो राखी कर्जा लिनपाउने

काठमाडौँ । माछापुच्छ्रे बैंक र नेपाल पूर्व प्रहरी संगठनबीच सम्झौता भएको छ। सम्झौता अनुसार पूर्व प्रहरीले पेन्सनपट्टा धितो राखी कर्जा बैंकबाट कर्जा लिन सक्ने छन्। संझौतामा नेपाल पूर्व प्रहरी संगठनका केन्द्रिय अध्यक्ष बसन्त राज कुँवर तथा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले हस्ताक्षर गरे। बैंकका ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर लगायत ३९ शाखा रहित बैकिङ्ग सेवा समेत छन्।

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकको शाखा न्यूरोडमा, शाखा संख्या ६१ पुग्यो

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको न्यूरोड खिचापोखरीमा ६१औं शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन बैंकका अध्यक्ष संदिप आचार्य, संचालक विश्वेश्वर सुवेदी तथा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेतले संयुत्त रुपमा उद्घाटन गरे । उद्घाटन कार्यक्रममा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेतले बैंकले विभिन्न शहर तथा ग्रामिण भेग लगायत उपत्यकाका अन्य व्यापारिक केन्द्रहरुमा समेत शाखा सञ्जाल विस्तार गर्दै सरल तथा सहज बैंकिङ्ग सेवा उपलब्ध गराउने बताए ।

पुरा पढ्नुहॊस »

सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना

काठमाडौं । सानिमा बैंकले १४औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल नारायणचौरको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको मुख्य कार्यालय नक्साल अगाडी रहेको नन्दीकेश्वर बगैंचामा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनिय सहभागिता रहेको थियो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सम्पुर्ण रक्तदाताहरुलाई धन्यवाद ज्ञापन गरे ।

पुरा पढ्नुहॊस »

आइएमई जनरल इन्स्योरेन्सको ४४औं शाखा कीर्तिपुरमा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले अाफ्नाे ४४औं शाखा काठमाडौंको कीर्तिपुरमा विस्तार गरेकाे छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरेका हुन् ।शाखाको उद्घाटन गर्दै बीमा समितिका अध्यक्ष चापागांईले बीमाको पहुँच फराकिलो हुँदै गएको हुनाले स्वास्थ्य प्रतिस्पर्धा मार्फत आफ्ना ग्राहकहरुलाई सहज र सुलभ सेवा प्रदान गर्ने बताएका छन् । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को प्रथम त्रैमास सम्ममा करिब ३२ …

पुरा पढ्नुहॊस »

महालक्ष्मी बैंकले दियो शाखा विस्तारलाई तीव्रता, दुई दिनमै चार नयाँ शाखा सञ्चालनमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले शाखा विस्तारलाई तीव्रता दिएको छ । बैंकले विहिबार र शुक्रबार थप चार नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकले विहिबार रुपन्देहीको ओम सतीया गाउँपालिका १ ठुटीपिपल र जिल्लाकै रोहिणी गाउँपालिका ३ धकधई शाखा स्थापना गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ ।यस्तै बैंकले शुक्रबार काठमाडौँको काठमाडौँ महानगरपालिका ७ चावहिल र धनुषाको जनकपुर उपमहानगरपालिका ४ स्थितजनकपुर शाखा कार्यालयबाट पनि बैंकिङ्ग सेवा उपलब्ध गराएको छ । योसँगै बैंकको …

पुरा पढ्नुहॊस »

सानिमा बैंकको १४ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । सानिमा बैंक को प्रस्तावित १४ प्रतिशत नगद लाभांश पारित भएको छ । बैंकको १४औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम बैंकले सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको नगद लाभांश वितरण गर्ने भएको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब रहेको छ ।   आर्थिक वर्ष २०७४/७५मा खुद नाफा १ अर्ब ७० करोड रुपैयाँ मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति ९१ अर्ब …

पुरा पढ्नुहॊस »

शुक्रबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटही दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रिदर ३० रुपैयाँ ६६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ १५  पैसा र बिक्रिदर ३१ रुपैयाँ ३१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३७ पैसा र …

पुरा पढ्नुहॊस »

नबिल बैंकको ‘यूनियनपे ईन्टरनेशनल’ प्रणाली सुरु

काठमाडौँ । नबिल बैंकले ‘यूनियनपे ईन्टरनेशनल क्यूआर कोड पेमेन्ट सर्भिस’को सुरुवात गरेको छ। ग्राहकको क्यूआर सेवाबाट बैंकसँग आबद्ध नेपाली व्यवसायीले बिद्युतीय सेवा मार्फत सरल तथा सुरक्षित वातावरणमा आफ्नो उत्पादन र सेवाको बिक्रि तथा भुक्तानी लिन सक्नेछन्। ग्राहकले क्यूआर सेवाको प्रयोगबाट बैंकसँग आबद्ध नेपाली व्यवसायीले बिद्युतीय सेवा मार्फत सरल तथा सुरक्षित वातावरणमा आफ्नो उत्पादन र सेवाको बिक्रि तथा भुक्तानी लिन सक्ने बैंकले जनाएको छ। क्यूआर कोड एक प्रकारको म्याट्रिक्स बारकोड (वा …

पुरा पढ्नुहॊस »

गण्डकी विकास बैंकको शाखा महेन्द्रनगरमा

काठमाडौँ । गण्डकी विकास बैंकले कञ्चनपुरको महेन्द्रनगरमा आफ्नो शाखाको औपचारीक समुद्घाटन गरेको छ । प्रदेश नंं ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहोराले समुद्घाटन गरे । उक्त कार्यक्रमलाई सम्वोधन गर्दै उनले गण्डकी विकास बैंकले यस क्षेत्रका निम्न वर्गीय जनतालाई लक्षित गरि सेवा सुविधा प्रदान गर्दै साना साना बचतकर्तासम्म पुग्न सकोस भन्ने शुभकामना दिए । बैंकले आकर्षक व्याजदरमा निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिबिएस, …

पुरा पढ्नुहॊस »

सानीमा बैंकले १४ प्रतिशत लाभांश दिने

काठमाडौँ । सानीमा बैंकले आफ्ना शेयर धनीलाई चुक्तापुँजीको १४ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ। बिनयकुमार श्रेष्ठको अध्यक्षतामा बसेको १४ औ वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो। आर्थिक वर्ष २०७४,७५ मा खुद नाफा १.७० अरव रुपैयाँ नाफा गरेको बैंकको कूल सम्पत्ति ९१.८२ अर्ब रुपैर्याँ, निक्षेप ७९.१८ अर्ब रुपैयाँ, तथा कर्जा सापटी खुद ६९.२४ अर्ब रुपैयाँ रहेको बैंकले जनाएको छ। बैंकले आर्थिक वर्ष २०७३,७४ को तुलनामा नाफा, निक्षेप, कर्जा …

पुरा पढ्नुहॊस »
This will auto close after