महालक्ष्मी बैंकले दियो शाखा विस्तारलाई तीव्रता, दुई दिनमै चार नयाँ शाखा सञ्चालनमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले शाखा विस्तारलाई तीव्रता दिएको छ । बैंकले विहिबार र शुक्रबार थप चार नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले विहिबार रुपन्देहीको ओम सतीया गाउँपालिका १ ठुटीपिपल र जिल्लाकै रोहिणी गाउँपालिका ३ धकधई शाखा स्थापना गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ ।यस्तै बैंकले शुक्रबार काठमाडौँको काठमाडौँ महानगरपालिका ७ चावहिल र धनुषाको जनकपुर उपमहानगरपालिका ४ स्थितजनकपुर शाखा कार्यालयबाट पनि बैंकिङ्ग सेवा उपलब्ध गराएको छ । योसँगै बैंकको कुल शाखाको संख्या ८९ पुगेको छ ।

साथै बैंकले नयाँ खोलिएका शाखा कार्यालयको औपचारिक उद्घाटन कार्यक्रमलाई अघि बढाइरहेको छ । सोही क्रममा सोमबार सप्तरीको रुपनी गाउँपालिका १ स्थित रुपनी शाखाको उद्घाटन गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भैरहवामा कतार एअरवेजको नियमित उडान

काठमाडाैं । कतार एअरवेजले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने भएको छ । …

प्रतिकृया दिनुहॊस