मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु

काठमाडौं । कैलालीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका-१ को गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से ६ प ६२७९ र विपरीत दिशाबाट आइरहेको बा ९५ प ९२५२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुवैका चालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले उक्त दुर्घटनामा जानकी गाउँपालिका-८ बस्ने २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्यु भएको बताए । उनकाअनुसार चौधरी से ६ प ६२७९ नम्बरको मोटरसाइकल र मल्ल बा ९५ प ९२५२ नम्बरको मोटरसाइकलका चालक हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई राति नै धनगढीको नवजीवन अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनीहरूको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मुख्य राजमार्गका २० स्थानमा पूर्ण अवरोध, कहाँ-कहाँ बन्द छ सडक ? (सूचीसहित)

काठमाडौं । बाढीपहिरोका कारण तहसनहस भएका धेरै सडक अझै अवरुद्ध नै रहेका छन् । गत बिहीबारदेखि शनिवारसम्म परेको अविरल वर्षाका कारण उपत्यका जोड्ने बीपी र पृथ्वी राजमार्गसहित राजमार्गहरु अझै पूर्णरूपमा खुल्न सकेका छनैनन् ।

प्रतिकृया दिनुहॊस

This will auto close after