बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २१७ पुग्यो, २८ जना बेपत्ता

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा १ सय ४३ जना घाइते भएको छन् ।

बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।

सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

बुधबार र बिहीबार भारी वर्षाको सम्भावना, यस्तो छ तीन दिनको पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम सामान्यतया सफा रहने बताएको छ । कोशी, बागमती र गण्डकीका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षाको भने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

प्रतिकृया दिनुहॊस

This will auto close after