सानिमा बैंकको १४ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । सानिमा बैंक को प्रस्तावित १४ प्रतिशत नगद लाभांश पारित भएको छ । बैंकको १४औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेबमोजिम बैंकले सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको नगद लाभांश वितरण गर्ने भएको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब रहेको छ ।

 

आर्थिक वर्ष २०७४/७५मा खुद नाफा १ अर्ब ७० करोड रुपैयाँ मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति ९१ अर्ब ८२ करोड रुपैयाँ रहेको छ ।

बैंकको कुल निक्षेप ७९ अर्ब १८ करोड तथा कर्जा सापटी खुद ६९ अर्ब २४ करोड रुपैयाँ रहेको छ । बैंकले आर्थिक वर्ष २०७३/७४ को तुलनामा नाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश २३.२७, ३५.९९, ३४.०८, र ३२.१५ प्रतिशतले बृद्धि गरेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सेन्साई ब्राण्डका एयर कुलरको माग बढ्यो

काठमाडौं । सेन्साई ब्राण्डको एयर कुलरहरूको माग अत्यधिक बढ्दै गएको छ । कम्पनीका अनुसार गर्मी …

प्रतिकृया दिनुहॊस