सानीमा बैंकले १४ प्रतिशत लाभांश दिने

काठमाडौँ । सानीमा बैंकले आफ्ना शेयर धनीलाई चुक्तापुँजीको १४ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ।

बिनयकुमार श्रेष्ठको अध्यक्षतामा बसेको १४ औ वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो। आर्थिक वर्ष २०७४,७५ मा खुद नाफा १.७० अरव रुपैयाँ नाफा गरेको बैंकको कूल सम्पत्ति ९१.८२ अर्ब रुपैर्याँ, निक्षेप ७९.१८ अर्ब रुपैयाँ, तथा कर्जा सापटी खुद ६९.२४ अर्ब रुपैयाँ रहेको बैंकले जनाएको छ।

बैंकले आर्थिक वर्ष २०७३,७४ को तुलनामा नाफा, निक्षेप, कर्जा सापटी र कूल सम्पत्तिमा क्रमश २३.२७, ३५.९९, ३४.०८ र ३२.१५ प्रतिशतले बृद्धि गरेको हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इक्यानको ‘शैक्षिक मेला’ असोज १६ मा, विद्यार्थी र अभिभावकलाई मार्गनिर्देशनको सुनौलो अवसर

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आयोजना गर्न लागेको ‘१५औं इक्यान मल्टि डेस्टिनेसन एजुकेशनल …

प्रतिकृया दिनुहॊस

This will auto close after