काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल उपाध्याय नियुक्त भएका छन्। लीलाप्रकाश सिटौलाको कार्यकाल गत मंसिर २७ गते सकिएपछि नयाँ प्रुमख कार्यकारीमा उपाध्यायलाई नियुक्त गरिएको हो। उनलाई खुला प्रतिस्पर्धाबाट नियुक्त गरिएको हो।
बैंकले मंसिर २३ गतेसम्म आवेदन दिन आह्वान गरेको थियो। व्यावसायिक कार्ययोजना सहित आवेदन दिएका उनी आगामी चार बर्षका लागि प्रमुख कार्यकारी नियुक्त भएका हुन्।
बैंकमा १७ जनाले आवेदन दिएका थिए। यसमध्ये ५ जनालाई सर्टलिस्ट गरिएको थियो। अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय क्षेत्र कर्मचरी संगठनका अध्यक्षलाई प्रमुख कार्यकारी बनाउन चाहेका थिए। यता पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्ण आचार्यलाई बोकेर हिँडेका थिए। विष्णु पौडेलको पनि आफ्नै लिस्ट थियो।
तपाईंको प्रतिकृया




