नेको इन्स्योरेन्सको २२औं वार्षिकोत्सव : बीमा सेवालाई गुणस्तरीय बनाउने प्रतिबद्धता

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले ग्राहकलाई थप उत्कृष्ट र गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बुधवार कम्पनीको २२औं वार्षिकोत्सव समारोहमा अध्यक्ष रमेशकुमार निरौलाले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । बीमा सम्बन्धित नीति र कानूनमा रहेर कम्पनीलाई अगाडि बढाउने अध्यक्ष निरौलाको भनाइ छ । साथै, उनले बीमा दाबी पेश भएको एक साताभित्र सम्बन्धित बीमितलाई भुक्तानी फछ्र्याैट गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौड्यालले पछिल्लो समय बीमाको पहुँच बढ्दै गएको बताए । उनले भने, ‘२ वर्षअगाडि बीमाको पहुँच ७ प्रतिशत मात्र थियो । गत असार मसान्तसम्ममा ७ प्रतिशत बढेर बीमाको पहुँच १४ प्रतिशतमा पुगेको छ ।’ साथै, बढ्दो प्रतिस्पर्धामा कम्पनीहरूले गुणस्तरीय बीमा सेवा उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

कम्पनीले न्यू विजनेश एजबाट ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी अवार्ड–२०१८’ प्राप्त गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विश्वराम तिमिलाले सञ्चालक, कर्मचारी, अभिकर्तालगायतको सहयोगमा उक्त अवार्ड प्राप्त गर्न सफल भएको बताए । कम्पनीले कार्यक्रममा चार विधालाई आधार मानी कर्मचारी तथा शाखा कार्यालयलाई अवार्ड प्रदान गरेको छ । कम्पनीले बेष्ट शाखा, बेष्ट म्यानेजर, बेष्ट मार्केटिङ र बेष्ट रिजनल विधामा अवार्ड प्रदान गरेको हो ।

नयाँ बानेश्वर शाखाले ‘बेष्ट शाखा’, कालीमाटी शाखाका प्रबन्धक कृष्णा बर्ताैलाले ‘बेष्ट म्यानेजर’, नारायणघाटका बजार व्यवस्थापक कृष्णा रिजालले ‘बेष्ट मार्केटिङ’ र बुटवल कार्यालयले ‘बेष्ट रिजनल’को अवार्ड पाएका छन् । यस्तै, कम्पनीले १० वर्षभन्दा बढी समयसम्म बीमा सेवा खरीद गर्ने ग्राहकलाई पनि सम्मान गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शाओमीको ‘दसैँ तिहारको उमंग, शाओमीको बबाल अफरसँग’ अफर सार्वजनिक

काठमाडौँ । शाओमीले नेपालमा आउँदै गरेको चाडपर्वलाई मध्यनजर गरेर चाडपर्वको सिजनको आनन्दलाई अझै उत्साहपूर्ण बनाउन …

प्रतिकृया दिनुहॊस