काठमाडाैँ । गरिमा विकास बैंक लिमिटेडले मोरङ्ग जिल्लाको सुन्दरहरैचामा अवस्थित सुकुना बहुमुखी क्याम्पसको कक्षा १२, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत १० जना विद्यार्थीहरुलाई ५० हजार रुपैयाँ छात्रवृत्ति रकम प्रदान गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रममा विकास बैंकको धरान क्लष्टरका कर्मचारी सुदीप आचार्यले विद्यार्थीहरुलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदान गरेको छात्रवृत्तिबाट क्याम्पसमा अध्ययनरत जेहेनदार विद्यार्थीहरुको शैक्षिक विकासमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ …
पुरा पढ्नुहॊस »इजीलिंक रेमिट्यान्सको सेवा अब अष्ट्रेलियाबाट पनि
काठमाडाैँ । इजीलिंक रेमिट्यान्सले अष्ट्रेलियाबाट आफ्नो सेवा सुरु गरेको छ । इजीलिंक रेमिट्यान्सका ब्राण्ड एम्बासडर रवि लामिछानेको उपस्थितीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डि.पि. अर्याल, इजीलिंक रेमिट्यान्स अष्ट्रेलियाका प्रबन्ध निर्देशक दिपेन्द्र कार्की र नेपाली समुदायको बाक्लो उपस्थितीका बीच सेवा सुरु गरिएको हो । यसका लागि कम्पनीले अष्ट्रेलियाको सिड्नीमा कार्यालय स्थापना गरेको छ । अहिले अष्ट्रेलियामा १ लाख ५० हजार भन्दा बढी नेपालीहरु रहेको अनुमान गरिएको छ ।
पुरा पढ्नुहॊस »पोखराका महिलालाई गण्डकी विकास बैंकले दियो सिपमूलक तालिम
काठमाडाैँ । गण्डकी विकास बैंकले पोखरा महानगरपालिका वडा नं. ५ का महिलाहरुको सिप अभिबृद्धि गर्नको लागि ७ दिने निःशुल्क सिपमूलक तालिम सम्पन्न गरेको छ । समापन कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले तालिमबाट प्राप्त सिप र ज्ञानको प्रयोग गरी आत्मनिर्भर र स्वरोजगार बन्न सहभागीहरुलाई आग्रह गरे । यसका लागि आवश्यक परेमा बैंकले वित्तीय सहयोग प्रदान गर्ने उनले बताए । तालिममा सहभागी सम्पूर्ण महिलाहरुलाई प्रमुख कार्यकारी अधिकृत थापा, …
पुरा पढ्नुहॊस »लुम्बिनी विकास बैंक र भाटभटेनी मनी ट्रान्सफर प्रालिबीच सम्झौता
काठमाडौँ । लुम्बिनी विकास बैंक लि. र भाटभटेनी मनी ट्रान्सफर प्रालिबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फंत पठाएको पैसा ग्राहकहरmले, लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने बिभिन्न शाखा कार्यालयहरुबाट भुक्तानी लिन सक्ने छन् । सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र भाटभटेनी मनी ट्रान्सफर तर्फबाट प्रबन्धक निर्देशक राजनकुमार अमात्यले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
पुरा पढ्नुहॊस »कुमारी बैंकको सञ्चालक समिति सर्वसहमतिमा चयन, अमिरप्रताव राणा अध्यक्ष बन्ने निश्चित
काठमाडौं । कुमारी बैंकका सेयरधनीहरुको लागि खुशीको खबर छ । नयाँ सञ्चालक समितिमा सर्वसहमति जुटेको छ । सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट अमिरप्रताव राणा र कृष्णप्रसाद ज्ञवाली निर्विरोध भएका छन् । पब्लिक सेयरधनीबाट महेश पोखरेल र अनुराधा चौधरी सर्वसहमत भएका छन् । बैंकको अध्यक्ष राणा बन्ने लगभग निश्चित भएको छ । चार जना सञ्चालक पदको लागि निर्वाचन हुन लागेकोमा चार जनाको मात्र उम्मेदवारी परेको र उम्मेदवारी दर्ता गर्ने समय सकिएको बैंकका …
पुरा पढ्नुहॊस »जनरल इन्स्योरेन्स कम्पनी नेपाल र सिद्धार्थ बैंक बीच बिमा सम्झौता
काठमाडौं । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.(जिआईसी नेपाल) र सिद्धार्थ बैंक लिमिटेड बीच बिमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । इन्स्योरेन्स तथा बैंक बीच एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैंकका सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिसंगै बैंकका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बिमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन …
पुरा पढ्नुहॊस »एनसीसी बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता
काठमाडौँ ।एनसीसी बैंक र भाटभटेनी मनी ट्रान्सफर प्रालिबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ ।सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र भाटभटेनी मनी ट्रान्सफरका तर्फबाट प्रबन्धक निर्देशक राजनकुमार अमात्यले हस्ताक्षर गरे । सम्झौता अनुसार स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फत पठाएको पैसा एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरुले आफूलाई पायक पर्ने शाखाबाट भुक्तानी लिन सक्ने छन् ।
पुरा पढ्नुहॊस »सांग्रिलाले ल्यायो नयाँ ३ बचत खाता, १६ लाखसम्मको बीमा हुने
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ बचत खाता ‘बचतपनि बीमापनि” संचालनमा ल्याएको छ । जीवन सुरक्षा(सरल), जीवन सुरक्षा(रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी थप ३ वटा नयाँ बचत खाताहरु सञ्चालनमा ल्याएको हो । ती खाताहरु खोल्ने ग्राहकलाई जम्मा रु. १६ लाख सम्मको बीमाको व्यवस्था गरिएको बैंकले जनाएको छ । खाताको प्रकृति हेरी दुर्घटना बीमा, औषधि उपचार बीमा तथा घातक रोगको उपचार बीमा सम्बन्धी सुविधाहरु रहेका छन् । खाता खोल्दा …
पुरा पढ्नुहॊस »सिद्धार्थ बैंककाे थप दुई नयाँ शाखा सञ्चालनमा, संख्या १५६ पुग्यो
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सिन्धुलीको गोलन्जोर र जुम्लामा गरी दुई शाखाको उद्घाटन गरी सञ्चालनमा ल्याएको हो । बैंकको गोलन्जोर शाखाको उद्घाटन गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्की गरेका छन् । त्यस्तै, जुम्ला शाखाको उद्घाटन चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल र जुम्लाजिल्ला समन्वय समितिका अध्यक्ष लालबहादुर सार्कीले संयुक्त रुपमा गरेका हुन् । यससँगै, बैंकको शाखा संख्या ४ एक्स्टेन्सन् काउन्टर सहित १५६ पुगेको …
पुरा पढ्नुहॊस »सिभिल बैंकका ग्राहकलाई ह्याम्स हस्पिटलको उपचारमा छुट
काठमाडौं । सिभिल बैंक लिमिटेडका ग्राहकहरुले ह्याम्स हस्पिटलमा उपचार गराउँदा आकर्षक छुटहरु पाउनेछन् । बैंकले आफ्ना ग्राहकलाई सहुलियत प्रदान गर्ने उद्देश्यले ह्याम्स हस्पिटलसँग सम्झौता गरेको हो । सम्झौता पत्रमा सिभिल बैंककातर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुनिल पोखरेल र ह्याम्स हस्पिटलको तर्फबाट अध्यक्ष आर. यस. भण्डारीले हस्ताक्षर गरेका हुन् ।
पुरा पढ्नुहॊस »