Tag Archives: featured

अब मुक्तिनाथ विकास बैंक आइएमई पेको बैंकिङ्ग साझेदार

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र मुक्तिनाथ विकास बैंक बीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार मुक्तिनाथ विकास बैंक आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ । मुक्तिनाथ विकास बैंकका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन् । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा आइएमई पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मुक्तिनाथ विकास …

पुरा पढ्नुहॊस »

कर्मचारी क्षमता अभिवृद्धि सम्वन्धी विएफआईएन र सिपिएससीबीच सम्झौता

काठमाडौं । कर्मचारी क्षमता अभिवृद्धि सम्वन्धी बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल (विएफआईएन) र कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी)का सम्झौता भएको छ । उक्त सम्झौतामा विएफआईएनको तर्फबाट प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र सिपिएससीका तर्फबाट महानिर्देशक डा.रामहरि लामिछाने हस्ताक्षर गरेका हुन् । सोमबार नेपालको बित्तीय क्षेत्रका कर्मचारीहरुलाई क्षमता अभिबृद्धि गर्ने सम्बन्धमा आपसी समझदारी पत्रमामनिला, फिलिपिन्समा हस्ताक्षर भएको छ । संयुक्त आयोजनामा फिलिपिन्सको मनिलामा संचालन गरिएको बैंक तथा वित्तीय संस्थाका …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंक र आइएमई पेबीच सम्झौता

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र मुक्तिनाथ विकास बैंकबीच  बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार मुक्तिनाथ विकास बैंक लि. आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ । मुक्तिनाथ विकास बैंकका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सकिने छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा आइएमई पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मुक्तिनाथ …

पुरा पढ्नुहॊस »

हचुवामा थपिँदै शिक्षक, वार्षिक डेढ अर्ब व्ययभार

काठमाडाैँ । विद्यार्थी घटेर अधिकांश सामुदायिक विद्यालय बन्द हुुने अवस्थामा पुगेका बेला सरकारले शिक्षक दरबन्दी थप्ने तयारी गरेको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा शिक्षकको आवश्यकता पहिचान नै नगरी ४६ हजार शिक्षक दरबन्दी थप्न लागेको हो । कक्षा एकदेखि १० सम्म पढाउन ०६० सालदेखि राहत दरबन्दीमा नियुक्त ४० हजार र कक्षा ११ र १२ पढाउन अनुदान कोटामा नियुक्त ५ हजार नौ सय ५९ जना शिक्षकलाई दरबन्दीमा रूपान्तरण गर्न …

पुरा पढ्नुहॊस »

नबिल बैंक र काठमाडौं महानगरबीच सम्झौता

काठमाडौं । नविल बैंक लिमिटेड तथा काठमाडौं महानगरपालिकाबीच नयाँ सडक गेट अगाडि पूर्वतर्फको र राष्ट्रिय सभागृह गेट अगाडि पश्चिमतर्फको सडकका ट्राफिक आइल्याण्डहरुमा एरोपोनिक प्रणालीबाट फूलका १२ वटा स्तम्भहरु जडान गर्ने सम्झौता भएको छ । आधुनिक प्रविधिको एरोपोनिक प्रणालीबाट फूलको स्तम्भहरुमा नियमित पानीको स्प्रे प्रवाहित गरी बर्षैभरी फूललाई हरियालीयुक्त रमणीय बनाउन काठमाडौं महानगरपालिका तथा नविल बैंक लिमिटेडको सहकार्य रहने जनाइएको छ । काठमाडौं महानगरपालिका नगर प्रमुख बिद्यासुन्दर शाक्यले नबिल बैंकसंगको सम्झौताले …

पुरा पढ्नुहॊस »

सिराहाको जिरोमाइलमा एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ्ग सेवा संचालनमा

काठमाडाैँ । एनआईसी एशिया बैंकले सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १०, जिरोमाइलमा आफ्नो ३२ औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । धनगढीमाई नगरपालिकाका मेयर हरि नारायण चौधरीले सेवाको उद्घाटा गरे । उक्त शाखारहित बैंकिङ सेवाका बैंक प्रतिनिधिको रुपमा भोगि लाल महतोलाई नियुक्त गरिएको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न क्षेत्रका स्थानीयबासीले आफ्नो स्थानीय तहमै प्रतिनिधि मार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि …

पुरा पढ्नुहॊस »

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको चौथो बार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको चौथो बार्षिक साधारण सभा शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले स्वागत मन्तव्य राख्दै कम्पनीको मूलभूत उपलव्धीहरुको वारेमा प्रकाश पारेका थिए । कम्पनीका अध्यक्ष महेश कुमार गुरागाईंले कार्यक्रमको अध्यक्षता गर्दै आब २०७४/७५ मा करीब १.५ प्रतिशत अरव कूल मूनाफा गर्न सफल भएको वित्तीय विवरण स्वीकृतिका लागि बार्षिक साधारण सभामा पेश गरेका थिए ।

पुरा पढ्नुहॊस »

सनराइज बैंक लिमिटेडको थप २ शाखारहित बैंकिङ सेवा बिस्तार

काठमाण्डौं । सनराइज बैंक लिमिटेडले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ २ वटा शाखारहित बैंकिङ्ग सेवा शुरू गरेको छ । बैंकले ३४ औँ शाखारहित बैंकिङ्ग सेवा तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं. ९ गजौडे र ३५ औँ शाखारहित बैंकिङ्ग सेवा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं.६, जलजले बजारमा सुरुवात गरेको छ । व्यास नगरपालिका वडां नं. ९ का अध्यक्ष सुरेश थापा र नायव महाप्रबन्धक अपछकुमार …

पुरा पढ्नुहॊस »

विराटनगरमा बैंक अफ काठमाडौंको एक्टेन्सन काउण्टर, थप दुई नयाँ शाखा पनि संचालनमा

काठमाडौं । बैंक अफ काठमाडौंले आफ्नो सेवा तथा सुविधाहरुलाई विस्तार गर्ने उद्देश्यले थप १ एक्टेन्सन काउण्टर विस्तार गरेको छ । नोबेल मेडिकल कलेज विराटनगरबाट बैंकले एक्टेन्सन् काउण्टरको सेवा थाल्नी गरेको छ । यही जेष्ठ ३० गते डा. राजेश नेपालबाट यस एक्टेन्सन् काउण्टरको उदघाटन भएको छ । त्यसैगरी, बैंकले थप दुई नयाँ शाखा कार्यालय पनि संचालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा तथा सुविधाहरुलाई थप विस्तार गर्ने उद्देश्यले ७८ औं शाखा …

पुरा पढ्नुहॊस »

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

काठमाडौं ।  सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्र नगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमहरुका बीच कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले र लम्कीचुहा नगरपालिकाको मेयर महादेव बजगाईंले क्रमश सुर्खेत शाखा र लम्कीको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि हुन नसक्ने बताए । उनले बैंकको शाखा बिस्तार हुँदा …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds