विराटनगरमा बैंक अफ काठमाडौंको एक्टेन्सन काउण्टर, थप दुई नयाँ शाखा पनि संचालनमा

काठमाडौं । बैंक अफ काठमाडौंले आफ्नो सेवा तथा सुविधाहरुलाई विस्तार गर्ने उद्देश्यले थप १ एक्टेन्सन काउण्टर विस्तार गरेको छ ।

नोबेल मेडिकल कलेज विराटनगरबाट बैंकले एक्टेन्सन् काउण्टरको सेवा थाल्नी गरेको छ । यही जेष्ठ ३० गते डा. राजेश नेपालबाट यस एक्टेन्सन् काउण्टरको उदघाटन भएको छ ।

त्यसैगरी, बैंकले थप दुई नयाँ शाखा कार्यालय पनि संचालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा तथा सुविधाहरुलाई थप विस्तार गर्ने उद्देश्यले ७८ औं शाखा कार्यालय लम्जुङको सुन्दरबजारमा र ७९ औं शाखा कार्यालय बुधबारेमा  औपचारिक रुपमा संचालनमा ल्याएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौँ मोडेल अस्पताल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौँ । प्रदशनिमार्ग स्थित काठमाडौँ मोडेल अस्पताल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको …

प्रतिकृया दिनुहॊस