इप्पान अध्यक्षमा गणेश कार्की निर्विरोध, किरण मल्लको उम्मेदवारी रद्द

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को अध्यक्षमा गणेश कार्की निर्विरोध निर्वाचित भएका छन् । अर्का उम्मेदवार किरण मल्लको उम्मेदवारी रद्द भएपछि कार्की निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचन समितिले योग्यता नपुगेको भन्दै मल्लको उम्मेदवारी रद्द गरिदिएको थियो । समितिले उम्मेदवारको अन्तिम नामावली पनि प्रकाशित गरेका छ । जसअनुसार वरिष्ठ उपाध्यक्षमा मोहन डाँगी पनि निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका सुर्य अधिकारीको उम्मेदवारी रद्द भएपछि डाँगी निर्विरोध अध्यक्ष चयन भएका हुन् ।

पाँच उपाध्यक्ष पनि निर्विरोध भए भने महासचिव, कोषाध्यक्षमा पनि प्रतिस्पर्धा भएन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविलाई सीके राउतको आग्रह- ८४ मा एक्लै दुईतिहाइ ल्याउँछु भन्ने दिन गए, आउनुस् सँगै आन्दोलन गरौं

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले इलाम-२ मा भएको उपनिर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरेकै …

प्रतिकृया दिनुहॊस