बालेनको निर्णयबारे दीपकराज- आदिपुरूषमात्रै बन्द गरौँ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भारतीय फिल्म आदिपुरुषका निर्माताले आफ्नो संवाद नसच्याएको भन्दै सोमबारदेखि सबै भारतीय फिल्म प्रदर्शनमा प्रतिबन्ध लगाउने घोषणा गरेपछि फिल्म निर्माता एवम कलाकार दीपकराज गिरीले प्रतिक्रिया दिएका छन् ।

गिरीले समस्या आदिपुरुषले निकालेको हो भन्दै आदिपुरुष मात्र बन्द गर्नुपर्ने बताएका छन् ।

उनले उताबाट आउने सबै फिल्म बन्द गर्दा गलत अर्थ लाग्ने भन्दै आदिपुरुष मात्र बन्द गर्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्- 

समस्या आदिपुरूषले निकालेको हो त्यसैले आदिपुरुष मात्रै बन्द गरौ !! उता बाट आउने सबै फ़िल्म बन्द गर्दा गलत अर्थ लाग्ला कि ? उता बाट त धेरै कुरा आउछ ….

यसअघि बालेनले आइतबार एक स्ट्याटसमार्फत सोमबारदेखियो काठमाडौँ महानगर क्षेत्रमा रहेका सिनेमा हलमा भारतीय सिनेमा प्रदर्शन गर्न नदिने घोषणा गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस