परियोजना स्वीकृतिलाई सहज बनाउन एआइएनको आग्रह

काठमाडौँ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको नेटवर्क (एआइएन) ले परियोजना स्वीकृतिलाई सहज बनाउन आग्रह गरेको छ ।

दिगो विकास तथा सुसासन समितिको सोमवारको बैठकमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरूले आफूहरू नेपाल सरकारकै ऐन नियम अनुसार काम गरिरहेको र दिगो विकास लक्ष्य प्राप्तिमा सरकारलाई सहयोग पुर्‍याई राखेकाले पिए र जिए स्वीकृतिलाई सहज बनाउन पहल गरिदिन सभापतिको ध्यानाकर्षण गराएका हुन् ।

परियोजना सम्झौता र सामान्य सम्झौता स्वीकृतिको क्रममा विभिन्न मन्त्रालय धाउनुपर्दा परियोजना कार्यान्वयनमा पनि समस्या पर्ने गरेको भन्दै एउटै नियमनकारी निकायबाट नै सबै प्रक्रिया टुङ्गो लगाउने गरी व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको नेटवर्क एआईएनका सचिव रेश्मा श्रेष्ठले सबै संस्थाहरू समाज कल्याण परिषद्मा आबद्ध भएको र सोही संस्थाले परियोजनाहरूको नियमन र अनुगमन पनि गरिरहेकाले विभिन्न मन्त्रालय धाउनुपर्ने स्थितिको अन्त्य गराउन पहल गर्न आग्रह गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री