प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान ८ बजेर ३३ मिनेट जाँदा नर्भिक अस्पतालमा निधन भएको हो ।

अक्सिजन मात्रा घटेपछि उपचारका लागि उनलाई बिहान अस्पताल पुर्‍याइएको थियो । अस्पतालले ८३३ जाँदा मृत घोषणा गरेको हो ।

सीता लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित थिइन् । यसअघि अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गर्दा पनि उनको रोग निको भएको थिएन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री