आज हावाहुरीको जोखिम, भारी वर्षा पनि, (तीन दिनको पूर्वानुमान)

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

थाइ एयर एशियाले सुरू गर्‍यो बैंकक-भैरहवा सिधा उडान

काठमाडौं । थाई एसिया एयरलाइन्स बैङ्कक-भैरहवा-बैंकक उडान शुरु गरेको छ। आइतबार बिहान ६ः ५५ बजे …

प्रतिकृया दिनुहॊस