कांग्रेस सांसदले नै मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले अर्थमन्त्री र गृहमन्त्रीले नैतिक अधिकार गुमाइसकेको बताएको छ । प्रतिनिधिसभाको बैठकमा कांग्रेसका सांसद डा. सुनील शर्माले संसद् सुरु हुनासाथ आफ्ना धारणा राख्दै यस्तो बताएका हुन् ।

उनले डा. रामशरण महतको विदेशमा खाता देखिएको भन्दै राजीनामा दिएर बसेको स्मरण गर्दै यो अनुसन्धानमा सहयोग गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा दिनुपर्ने बताए ।

‘मुख्य नाइके अनुसन्धानको प्रक्रियामा सहज बनाइदिन अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ,’ उनले भने, ‘दुई जना मन्त्रीले हामीलाई थाहा छैन भन्न पाउनुहुन्न ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री