सुन प्रकरणमा न्यायिक छानबिन समिति नबनाएसम्म एमालेले संसद् चल्न नदिने

काठमाडौं । नेकपा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीमार्फत भित्रिएको सय किलो सुनबारे संसद्मा गृहमन्त्रीको जवाफ माग्ने भएको छ ।

बुधबार संसद् बैठक अघि बसेको एमाले संसदीय दलको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको सुनबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग्ने निर्णय गरेको हो ।

एमालेको संसदीय दलको बैठकको कारण अपराह्न एक बजेका लागि बोलाइएको संसद् बैठक समयमा नै सुरु हुन सकेको छैन ।

एमाले सांसद सूर्य थापाले संसदीय दलको बैठकले सुन प्रकरणबारे न्यायिक छानबिन नबनाएसम्म संसद् अघि बढ्न नदिने निर्णय गरेको जानकारी दिए । उनले भने ‘सुन तस्करीको घटना चानचुने घटना होइन, यत्रो ठूलो परिमाणको सुन अवैधरुपमा भित्रिएको बारेमा न्यायिक छानबिन एमालेले आवश्यक देखेको छ ।’

संसद् बैठक केही बेरमा बस्दैछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोप-२९ मा सहभागी भई राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) …

प्रतिकृया दिनुहॊस