कीर्तिमानी आरोही निर्मल पुर्जाले लिए गैरआवसीय नेपाली नागरिकता

काठमाडौँ । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले गैरआवसीय नेपाली नागरिकता लिएका छन् । बेलायती नागरिक समेत बनेका पुर्जाले बिहीबार जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट गैरआवसीय नागरिकता लिएका हुन् । उनको जन्म जिल्ला म्याग्दी हो । विश्वका ८ हजार मिटर उचाइका १४ वटै हिमाल ६ महिना ६ दिनभित्र चढेर कीर्तिमान बनाएका पुर्जाले बिहीबार म्याग्दी जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका हुन्।

‘यतिखेर मलाई निकै गौरवको अनुभूति भएको छ,’ नागरिकता प्राप्त गरेपछि पुर्जाले भने, ‘जहाँकसैले पनि तिमी को हौ भनेर सोध्दा म नेपाली भनेर आफ्नो परिचय दिन्छु । मेरो आफ्नो आमा जत्तिकै जन्मभूमिप्रति माया छ । मेरो रगतका कणकणमा नेपाल छ । आगामी दिनमा नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन अझै प्रयासरत रहन्छु ।’

म्याग्दीको दानामा जन्मेका पुर्जाले १६ वर्ष बेलायती गोर्खा सेना र युके स्पेसल फोर्समा सेवा गरेका छन् । पुर्जाले हिउँद याममा विश्वको दोस्रो ठूलो हिमाल केटु चढ्ने पहिलो नेपाली टोलीको सदस्यका रूपमा पनि कीर्तिमान बनाएका छन् । ‘निम्स दाइ’ उपनामले पनि चिनिने उनी नेपाल पर्यटन बोर्डका विश्व सद्भावना दूत समेत हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालबाट अर्काको चरित्र हत्या गरेको भन्दै धनगढीकी जानकी पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

प्रतिकृया दिनुहॊस