समाचार

उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग कांग्रेस सांसद चौधरीको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग माग गरेका छन् । सरकारले मूल्य तोक्न ढिलाई गर्दा उखु किसान मर्कामा परेको भन्दै सांसद चौधरीले सरकारको ध्यानाकर्षण गराएका हुन् । उखु उत्पादकमा लागि पकेट क्षेत्र मानिने नवलपरासी जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित चौधरीले कृषि तथा पशुपंक्षी विकास मन्त्रीलाई लिखित पत्र बुझाउँदै छिटो उखुको समर्थन मूल्य तोक्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ । “नवलपरासी …

पुरा पढ्नुहॊस »

माल्टा पठाइदिने भन्दै ३ लाख ठग्ने पोसाक पक्राउ

काठमाडौं । माल्टा पठाइदिन्छु भनी रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार वैदेशिक रोजगारका लागि माल्टा पठाइदिन्छु भन्दै ३ लाख ३० हजार ठगी गर्ने रामेछाप जिल्ला लिखु गाउँपालिका घर भई हाल मैपी बस्ने पोसाक सुनुवार पक्राउ परेका छन् । सुनुवारले प्रतिव्यक्ति रु. ९,५०,०००/- ( अक्षेरुपी नौँ लाख पचास हजार रुपैयाँ ) लाग्छ, माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक रु. १,००,०००/-( अक्षेरुपी …

पुरा पढ्नुहॊस »

यी हुन् मन्त्रिपरिषद्ले गरेका १६ निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ। गत मंसिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकले यो सहित अन्य १६ वटा निर्णय गरेको छ । साथै सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय पनि भएको छ । त्यस्तै, सरकारले कतारसँग सांस्कृतिक क्षेत्रमा एकआपसमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय पनि आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ। यस्ता …

पुरा पढ्नुहॊस »

स्केच सार्वजनिक गर्दा पनि मृतकको सनाखत भएन

काठमाडाैं । गत मङ्सिर ६ गते बोरामा मृत भेटिएका शवको अहिलेसम्म पनि सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनले मृतकको सनाखतका लागि मृतकहरुको स्केच सार्वजनिक गरेको भए पनि अहिलेसम्म सनाखत हुन नसकेको हो । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार ‘डिजिटल मेनुप्लेट इमेज’ सार्वजनिक गरेको भए पनि अहिलेसम्म सनाखत हुन सकेको छैन । भरतपुर महानगरपालिका वडा नं १२ मिलनचोकस्थित पूर्व–पश्चिम लोकमार्गको गोन्द्राङ् केन्द्रीय बस टर्मिनल (बसपार्क) …

पुरा पढ्नुहॊस »

सर्वोच्च अदालतले टिकटक प्रतिबन्धबारे ५ महिनापछि मात्रै फैसला गर्ने

काठमाडौं । नेपालमा सर्वाधिक लोकप्रिय सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयमाथि सर्वोच्च अदालतले तत्काल कुनै फैसला नदिने भएको छ । केही दिनअघिको संयुक्त इजलासले टिकटक प्रतिबन्ध खारेजीको माग गर्दै दायर भएका रिटहरूमाथिको सुनुवाइ पाँच महिनापछि धकेलिदिएको हो । सामाजिक सद्भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै २७ कात्तिकमा मन्त्रीपरिषद् बैठकले टिकटकमाथि रोक लगाउने निर्णय गरेको थियो । त्यस लगत्तै सरकारको उक्त निर्णयले वाक् तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक अधिकार हनन् …

पुरा पढ्नुहॊस »

रुस-युक्रेन युद्धमा कैलालीका भरत शाहको मृत्यु

काठमाडौं । रुस-युक्रेन युद्धमा कैलाली टीकापुरका एक युवकको ज्यान गएको खुलेको छ । रुसी सेनाका तर्फबाट युद्धमा सामेल टीकापुर नगरपालिका-१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्युको खबर परिवारका सदस्यले केही दिन अघि पाएका हुन् । उनीहरुले आइतबार कुशको शव बनाएर भरतको अन्त्येष्टि गरेका छन् । २६ नोभेम्बर (मंसिर १० गते) नै भरतको मृत्यु भएको खबर भर्खरै पाएको उनका दाजु नाताका बिर्ख शाहले जानकारी दिएका छन् । भरतसँगै रुसी सेनाका तर्फबाट …

पुरा पढ्नुहॊस »

पर्यटन मन्त्रालयले भन्यो- ‘नेपाल एयरलाइन्सबाट ग्राउण्ड ह्याण्डलिङ खोस्नेबारे निर्णय भएको छैन’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्स (नेवानि)बाट भूमिस्थ सेवा (ग्राउण्ड ह्याण्डलिङ) खोस्नेबारे छलफलसम्म नभएको बताएको छ । नेवानिले गरिरहेको ग्राउण्ड ह्याण्डलिङ खोस्नेबारे कुनै छलफल र आधिकारिक निर्णय नभएको मन्त्रालयले स्पष्ट पारेको हो । आइतबार नेपाल एयरलाइन्समा क्रियासिल ट्रेड युनियनलाई पत्र पठाउँदै यस विषयमा मन्त्रालयमा कुनै छलफल र आधिकारिक निर्णय नभएको स्पष्ट पारेको छ । सरकारले निर्णय नगरेसम्म निगमको भूमिस्थ सेवा सोही कम्पनीमै रहने …

पुरा पढ्नुहॊस »

टिपरको ठक्करबाट दुई युवकको मृत्युपछि दाङमा प्रदर्शन, गाउँपालिका उपाध्यक्षसहित पक्राउ

काठमाडौं । दाङमा टिपरको ठक्करबाट दुई युवकको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध गरेका छन् । शुक्रबार राति टिप्परको ठक्करबाट प्युठानका दुई युवाको मृत्युको घटनालाई लिएर आइतवार बिहानदेखि प्रदर्शन भएको हो । सडक अवरुद्ध गरेर प्रदर्शन गरेपछि प्रहरीले मृतकका केही आफन्तलाई नियन्त्रणमा लिएको छ । सोही क्रममा आइतबार बिहानदेखि सडक अवरुद्ध गर्न खोजेपछि प्रहरीले प्युठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल, नौबहीनी गाउँपालिका–६ का वडाअध्यक्ष मानबहादुर केसी र मृतक दुई युवाका दाजु तथा …

पुरा पढ्नुहॊस »

विवाहपञ्चमीमा १८ जना पाकेटमार पक्राउ

काठमाडौँ । जनकपुरमा सीताराम विवाहपञ्चमी महोत्सवमा पाकेटमारी तथा अबान्छित गतिविधि गर्ने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । भिडभाडको मौकाछोपी श्रद्धालुभक्तजनको पाकेट मार्ने तथा दुर्व्यवहार गर्ने १८ जनालाई नियन्त्रणमा लिएको धनुषाका प्रहरीले जनाएको छ । दिउँसो १ बजेसम्म पक्राउ परेका उनीहरूलाई जनकपुरधामस्थित गोपाल धर्मशालामा प्रहरी यनिट स्थापना गरी राखिएको छ । उनीहरूमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

गोविन्द केसीको काम देश र जनताको हितमा देखिन्न : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले डा. गोविन्द केसीको काम देश र जनताको हितमा नभएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले कैलालीको गेटामा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा. गोविन्दको सर्वत्र विरोध हुनुपर्ने बताएका हुन् । उनले लेखेका छन्, ‘डा. गोविन्द केसीको काम देश र जनताको हितमा देखिन्न। सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा. गोविन्दको सर्वत्र विरोध हुनपर्छ। देशमा …

पुरा पढ्नुहॊस »