गोविन्द केसीको काम देश र जनताको हितमा देखिन्न : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले डा. गोविन्द केसीको काम देश र जनताको हितमा नभएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले कैलालीको गेटामा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा. गोविन्दको सर्वत्र विरोध हुनुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘डा. गोविन्द केसीको काम देश र जनताको हितमा देखिन्न। सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा. गोविन्दको सर्वत्र विरोध हुनपर्छ। देशमा स्वास्थ्यकर्मी उत्पादनमा बाधा हालेर कुन शक्ति र स्वार्थको पृष्ठपोषण गर्दैछन् भन्ने प्रश्न गरौँ ।’

डा. केसीले २ बुँदे माग राखी शुक्रबार साँझ ५ बजेदेखि कैलालीको धनगढीस्थित धर्मशालामा अनशन बस्ने बताएका थिए । गेटामा अनसन बस्ने पुगेका केसीलाई स्थानीयले अवरोध गरेपछि उनी लक्ष्मीनारायण मन्दिरको धर्मशाला पुगेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जाल प्रेस काउन्सिलको निगरानीमा, फेसबुक पेजमा ठेगाना खुल्नुपर्ने

काठमाडौं । प्रेस काउन्सिल नेपालले फेसबुक पेजसहित सामाजिक सञ्जालका समाचार सामग्रीमाथि निगरानी थालेको छ । …

प्रतिकृया दिनुहॊस