दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको बस खिमतडीमा खस्यो

काठमाडाैं । दार्चुलामा बस दुर्घटना भएको छ । दार्चुलाबाट महेन्द्रनगरतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १०३१ नम्बर को बस महाकाली नगरपालिका-५ खिमटडीमा दुर्घटना भएको हो ।

दुर्घटना परी चालकसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । घाइतेहरूको विवरण तथा दुर्घटनाको कारण अहिलेसम्म नखुलेको प्रहरीले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री