मृत अवस्थामा भेटिइन् बक्सिङ खेलाडी गोसाई

काठमाडौं । सशस्त्र प्रहरी बलकी बक्सिङ खेलाडी निता गोसाईं मृत फेला परेकी छन् । २८ वर्षीया गोसाईं भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत फेला परेकी हुन् ।

सशस्त्रकी सिपाहीसमेत रहेकी गोसाईं मृत फेला परेपछि प्रहरीले एक पुरूषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । गोसाईंका परिवारले ती पुरूषविरूद्ध आत्महत्या दुरूत्साहन कसुरमा जाहेरी दिएका थिए ।

उनले आत्महत्या गरेको प्रहरीको अनुमान छ। गोसाईंको केही समयपछि विवाह गर्ने तयारी थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री