सूचना प्रविधि समितिले माग्यो टेरामक्स र एमडिएमएस खरिदका कागजात

काठमाडाैं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले टेरामक्स र एमडिएमएस खरिदका सबै कागजात मगाएको छ । बिहीबार बसेको समितिको बैठकले एक साताभित्र यससम्बन्धी सुरूदेखिका कागजात उपलब्ध गराउन निर्देशन दिएको हाे ।

कागजात प्राप्त भएपछि समितिले विज्ञहरूसँग छलफल गर्ने तयारी गरेको छ ।

एमडीएमएस र टेरामक्स दुवै प्रविधि नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेका हुन् । अनियमितताका कारण दुवै खरिदका निर्णय विवादमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवै प्रणाली खरिदको फाइलमाथि अनुसन्धान गरिरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री