ढलमा बगेर मृत्यु भएकी विनिताको नाममा अक्षय कोष

काठमाडौं । नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले काठमाडौंको ढलमा बगेर मृत्यु भएकी विनिता फुयाँलको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । नेपालटारस्थित ढलमा बगेर ७ वर्षीया  विनिता फुयालको गत शुक्रबार मृत्यु भएको थियो । फुयाल युरेका माविमा अध्ययनरत थिइन् ।  आफ्नो एक महिनाको तलब बराबरको रकमबाट अक्षय कोष स्थापना गर्ने र प्रत्येक वर्ष सो विद्यालयका विद्यार्थीहरुलाई विनिताको नामबाट पुरस्कार प्रदान गर्ने निर्णयमा आफू पुगेको उनले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री