काठमाडौँ । भरतपुर महानगरपालिकाको मतगणना सुरु गर्न माग गरेर परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ । जेष्ठ १४ गते वडा नम्बर १९ को मतगणना अन्तिम चरणमा पुगेका बेला माओवादी कार्यकर्ताले मतपत्र च्यातेका थिए । निर्वाचन आयोगले भने मतपत्र च्यातिएकाले पुनः मतदान गराउने निर्णय गरेको थियो । सो निर्णय विरुद्ध सोही वडामा एमालेका तर्फबाट सदस्यका उम्मेदवार बनेका गुञ्जमान बिकले सर्वाेच्चमा मुद्धा हालेका थिए ।
तपाईंको प्रतिकृया




