डोटी सायल गाउँपालिका-१ मा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ । बिहीबार राति घरमा सबै सुतिरहेका बेला घरमाथिबाट पहिरो आउँदा हरिमल भुलको घर भत्किँदा उनका चार वर्षीया छोरी मनिसा भुलको घटनास्थलमै मृत्यु भएको छ । भने सिकिस्त घाइते हरिमल भुल र उनकी श्रीमति जमुनालाई स्थानीयबासीहरुको सहयोगमा उचारका लागि कैलालीको धनगढी लगिएको छ । भुलका एक छोरा र एक छोरी भने सकुशल छन् । घटनाको अध्ययनका लागि प्रहरी चौकी डौडबाट प्रहरीको टोली गएको छ ।
तपाईंको प्रतिकृया




