समाचार

लमजुङमा बस दुर्घटना

कास्कीको पोखराबाट लमजुङको कोलासोथार गाउँपालिकाको बालुवावेसीतर्फ आउँदै गरेको बस आज दुर्घटना हुँदा ३०  यात्रु घाइते भएका छन् भने बस  दुर्घटना हुँदा एकजना रुदी खोलामा बगेर बेपत्ता भएका छन् । अहिले भोर्लेटारबाट प्रहरी टोली उद्दारका लागि घटनास्थलतर्फ गएको छ।

पुरा पढ्नुहॊस »

नेपाल प्रेस युनियनको सातौ पूर्ण बैठक काठमाण्डाैमा सम्पन्न

काठमाडाै ।  नेपाल प्रेस युनियनको सातौ पूर्ण बैठक सम्पन्न भएकाे छ । काठमाडौं केन्द्रीय कार्यालयमा २०७४ साउन ११ गते बसेको सातौ पूर्ण बैठकले निम्न निर्णय गरेको छ। निर्णयहरू १. नेपाली पत्रकारहरुको साझा मुद्धामा एकठाउँमा उभिन र नेपाल पत्रकार महासंघको साझा चरित्रलाई कायम राख्न महासंघको आसन्न महाधिवेशनको पूर्व सन्ध्यामा सबै पत्रकार संघ संस्थाहरुबीच आम सहमतिको प्रयास गर्दै त्यसका लागि नेपाल प्रेस युनियनले सबै पक्षसँग वार्ताका लागि पहल गर्ने वैठकले निर्णय गरेको …

पुरा पढ्नुहॊस »

त्रिशूलीमा ट्रक खस्दा चालक सहित चालक बेपत्ता

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकै बिहीबार बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार बा ४ ख ५१४६ नं को ट्रक त्रिशूली नदीमा खसेर हराइरहेको छ । बिहानी पम्पको मोडमा पुगेपछि सो ट्रक सडकबाट करिब ४० मिटर तल त्रिशूलीमा खसेको हो ।

पुरा पढ्नुहॊस »

श्रीमतीको हत्या गरी आत्मसमर्पण

सुनसरीमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरी आत्मसमर्पण गरेका छन् । रडले हानेर कोसी गाउँपालिका ६ का ३० वर्षीय रामकुमार यादवले २५ वर्षीया श्रीमती संगीता यादवको हत्या गरेका हुन्। कोसी गाउँपालिका १ को राजापोखरीको चौकीदार काम गर्ने यादव त्यहीँ क्वार्टरमा बस्दै आएका थिए। उनले बिहान क्वार्टरमै श्रीमती संगीताको हत्या गरेका हुन्। रडले हानेर श्रीमतीलाई बाहिर आँगनमा ल्याएर ट्युबले घाँटी कसिदिएका थिए। श्रीमतीको हत्या गरेर उनी सीधै प्रहरी कार्यालय भन्टाबारी पुगेका …

पुरा पढ्नुहॊस »

चोरेको आरोपमा महिलालाई मोसो

चोरेको आरोपमा बर्दिया बारबर्दिया नपा—९ खैरेनीकी एक महिलालाई स्थानीयको उपस्थितिमा कालोमोसो र जुत्ताको माला लगाइएकाे छ । २५ वर्षीया गीता शाहीमाथि ८ हजार चोरेको भन्दै सोही ठाउँकी दुई महिलाको नेतृत्वमा कालोमोसो लगाइएको हो । ईलाका प्रहरी कार्यालय, बाँसगढीका प्रहरी निरीक्षक चक्र डम्बर पालले सकुनी चौधरीलाई कालोमोसो लगाएको भन्दै अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए । सकुनीको ८ हजार रुपैयाँ चोरी भएको प्रहरीको भनाइ छ । स्थानीयले सकुनीले कालोमोसो नलगाएको दाबी गरेका …

पुरा पढ्नुहॊस »

कोरियन भाषा परीक्षाको नतिजा भोलि आउने

काठमाडौं । कोरियन भाषा परीक्षाको नतिजा भोलि  प्रकाशित हुने भएको छ ।सरकारले यसअघि  कोरियन भाषा परीक्षाको नतिजा असार १६ गते नतिजा प्रकाशित गर्ने तालिका बनाएको थियो । तर, केही परीक्षार्थीले जेठ २७ र २८ गतेको परीक्षामा जाँच दिन नपाएपछि फेरि एक हप्ता कम्प्युटरमार्फत परीक्षा लिएको थियो । ईपीएस कोरिया शाखा, वैदेशिक रोजगार विभाग,  श्रम तथा रोजगार मन्त्रालय  र  कोरिया सरकारको आधिकारिक वेबसाइटमा ईपीएसको नतिजा हेर्न सकिन्नछ । परीक्षामा उत्तीर्ण भएका सबै कोरिया जान पाउँछन् …

पुरा पढ्नुहॊस »

अब महिलाका लागि छुट्टैं बैंक

काठमाडौं । अब नेपालमा पनि महिलाका लागि छुट्टैं बैंक स्थापना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँग सहकार्य गरेर महिलाका लागि छुट्टैं बैंक स्थापना गर्ने तयारी थालेको  छ । वित्तीय क्षेत्रमा महिलाको पहुँच बढाउन नेपालमा ‘महिला बैंकिङ’को अवधारणा अघि सारिएको आइएफसीका एक अधिकारीले बताएका छन् ।

पुरा पढ्नुहॊस »

बुबासँग अपहरणको नाटक गरी फिरौती माग्ने पक्राउ

आफ्नै बुबासँग अपहरणको नाटक गरी फिरौती माग गर्ने छोरासहित तीन जनालाई आइतबार प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।भारतको सुपौल जिल्लाको डगमारा ग्राम पञ्चायत–८ कुनौलीका गोसाइ मण्डलको २२ वर्षीय छोरा देवचन्द्रकुमार मण्डलले अपहरणको नाटक गरी नेपालतर्फ आई सप्तरी आएर आफ्नै बुबासँग फिरौतीको माग गर्न लगाएकाले सहयोगीसहित उनलाई पक्राउ गरिएको छ ।उनीहरुमाथि  अनुसन्धान कार्य थालिएको  प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

भोटेकोशी नदीको पहिरोले पुल भाँचिदा यातायात आवागमन बन्द

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत फुल्पिङकट्टी र तातोपानी जोड्ने करिब ७० मिटर लामो पक्की पुललाई ठूलाठूला ढुङ्गासहित खसेको पहिरोले पुलको बीच भाग भाँचिएपछि यातायात  आवागमन पूर्ण रुपमा बन्द भएको

पुरा पढ्नुहॊस »

भक्तपुरका मिनिबस सञ्चालकले भित्र्याए ठूला बस, साझासँग प्रतिस्पर्धा

काठमाडौं । केहीअघिसम्म सार्वजनिक यातायातमा भक्तपुरको यात्रा निकै कष्टकर हुन्थ्यो । ५० वर्ष पुराना ‘हिप्पी’ बस वा मिनिबसमा सिट नै पाइहाले पनि अगाडिको सिटमा घुँडा ठोक्काउनु, नभए उभिएर यात्रा गर्नुको विकल्प थिएन ।   २० वर्ष पुराना गाडी गुडाउन नपाउने नियमसँगै हिप्पी बसहरु हटेपनि मिनिबसको विकल्प थिएन । तर, अघिल्लो साताबाट भने भक्तपुरबासीले पनि ठूला बसमा सहज यात्रा गर्न पाउन थालेका छन् । साझा यातायातको जस्तै ठूला हिरियो रंगको बस …

पुरा पढ्नुहॊस »