चोरेको आरोपमा महिलालाई मोसो

चोरेको आरोपमा बर्दिया बारबर्दिया नपा—९ खैरेनीकी एक महिलालाई स्थानीयको उपस्थितिमा कालोमोसो र जुत्ताको माला लगाइएकाे छ । २५ वर्षीया गीता शाहीमाथि ८ हजार चोरेको भन्दै सोही ठाउँकी दुई महिलाको नेतृत्वमा कालोमोसो लगाइएको हो । ईलाका प्रहरी कार्यालय, बाँसगढीका प्रहरी निरीक्षक चक्र डम्बर पालले सकुनी चौधरीलाई कालोमोसो लगाएको भन्दै अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए । सकुनीको ८ हजार रुपैयाँ चोरी भएको प्रहरीको भनाइ छ ।

स्थानीयले सकुनीले कालोमोसो नलगाएको दाबी गरेका छन् । कालोमोसो लगाउने योजनाकार र नेतृत्व गर्ने दुई महिलालाई प्रहरीले पक्राउ नगरेको भन्दै आक्रोश पोखेका छन् । सोमबार राति करिब सात बजे कालोमोसो लगाउँदा गाउँका ५०/६० जनाको उपस्थिति थियो, स्थानीयले नाम नलेखी दिन आग्रह गर्दै भने । घटनास्थल सदरमुकाम गुलरियादेखि करिब २५ किमि उत्तरमा पर्दछ । प्रहरीले कालोमोसो लगाउनेमाथि सार्वजनिक मुद्दा दर्ता गरी कारबाही गर्ने जनाएको छ ।

कान्तिपुरबाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस