कोरियन भाषा परीक्षाको नतिजा भोलि आउने

काठमाडौं । कोरियन भाषा परीक्षाको नतिजा भोलि  प्रकाशित हुने भएको छ ।सरकारले यसअघि  कोरियन भाषा परीक्षाको नतिजा असार १६ गते नतिजा प्रकाशित गर्ने तालिका बनाएको थियो । तर, केही परीक्षार्थीले जेठ २७ र २८ गतेको परीक्षामा जाँच दिन नपाएपछि फेरि एक हप्ता कम्प्युटरमार्फत परीक्षा लिएको थियो । ईपीएस कोरिया शाखा, वैदेशिक रोजगार विभाग,  श्रम तथा रोजगार मन्त्रालय  र  कोरिया सरकारको आधिकारिक वेबसाइटमा ईपीएसको नतिजा हेर्न सकिन्नछ । परीक्षामा उत्तीर्ण भएका सबै कोरिया जान पाउँछन् भन्ने ग्यारेन्टी भने नहुने ईपीएस शाखाले जनाएको छ । पास भएकालाई रोष्टर लिष्टमा राखेर लेबर कन्ट्रयाक्ट दिने गरिएको छ । यो वर्ष ६८ हजारभन्दा बढीले कोरियन भाषा परीक्षा दिएका छन् । त्यसमध्ये १० हजार २ सय जना परीक्षामा उत्र्तीण हुने गरी कोटा तय भएको छ । उत्पादनमुलुकतर्फ ४ हजार र ६ हजार २ सय कृषिमा उत्तीर्ण हुने गरी कोटा तय गरिएको ईपीएस शाखाले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस