नेपाल प्रेस युनियनको सातौ पूर्ण बैठक काठमाण्डाैमा सम्पन्न

काठमाडाै ।  नेपाल प्रेस युनियनको सातौ पूर्ण बैठक सम्पन्न भएकाे छ । काठमाडौं केन्द्रीय कार्यालयमा २०७४ साउन ११ गते बसेको सातौ पूर्ण बैठकले निम्न निर्णय गरेको छ।

निर्णयहरू

१. नेपाली पत्रकारहरुको साझा मुद्धामा एकठाउँमा उभिन र नेपाल पत्रकार महासंघको साझा चरित्रलाई कायम राख्न महासंघको आसन्न महाधिवेशनको पूर्व सन्ध्यामा सबै पत्रकार संघ संस्थाहरुबीच आम सहमतिको प्रयास गर्दै त्यसका लागि नेपाल प्रेस युनियनले सबै पक्षसँग वार्ताका लागि पहल गर्ने वैठकले निर्णय गरेको छ। नेपाल प्रेस युनियनको यो वैठक महासंघको महाँसंघको साझा चरित्र र पत्रकारहरुको पेशागत मर्यादा जोगाउन सबै पक्षलाई वार्तामार्फत सहमति कायम गरि महाधिवेशनमा जान अपिल गर्दछ।

२. नेपाली पत्रकारहरुको साझा मुद्धामा एकठाउँमा उभिने  र महासंघको साझा चरित्र जोगाउन प्रयासमा आमसहमति जुटाउने संभावना नभएमा दोस्रो अवस्थामा अधिकतम सहमतिका लागि प्रयास गर्ने र त्यसका लागि पनि सबै संगठनहरुसँग वार्ताका लागि आह्वान गर्दै पहल गर्ने निर्णय वैठकले गरेको छ।

सबै पक्षसँग भएको छलफल र परामर्शपछि महासंघमा युनियनले बनाउने उमेद्वारको सम्वन्धमा केन्द्रीय समितिबाट अनुमोदन गराउने वैठकले निर्णय गरेको छ।

४ नेपाल पत्रकार महासंघ नेतृत्व आफ्नो केन्द्रीय समितिलाई समेत छल्दै अझै पनि शाखा खोल्ने, नयाँ सदस्यता थप्ने, पार्सद बढाउने काममा लागेकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ। केन्द्रीय समितिको जानकारी विना सौर्य दैनिकमा प्रतिष्ठान शाखा खोल्ने, पर्यटन पत्रकार समुहका नाममा एकलौटी शाखा खोल्ने, विभिन्न प्रतिष्ठानहरुमा सदस्य संख्या थप्दै सभासद बढाउने कार्य भइरहेकोमा आपत्ति जनाउँदै वैठकले विरोध जनाएको छ। काठमाडौं शाखामा मनलाग्दो ढंगले सभासद चयन गर्ने, मापदण्ड पुगेकालाई सभासद बन्नबाट वञ्चित बनाउने र ललितपुरमा समेत सभासद थपिएका युनियन विरोध जनाउँदै त्यसलाई तत्काल सच्याउन युनियनको यो वैठक महासंघ नेतृत्वलाई सचेत गराउँछ। कारोवार प्रतिष्ठानमा नाम भएका पत्रकारहरुलाई मतदान गर्न नदिएपछि उत्पन्न विवादको अहिलेसम्म हल निकाल्ने प्रयास नभएकोमा चिन्ता व्यक्त गर्दै त्यसको निकासका लागि पहल गर्न समेत वैठकले माग गरेको छ।  इलाम, भोजपुर र रसुवामा क्रियाशिल पत्रकारहरुलाई वाहिर राखिएकोमा त्यसको निकासका लागि सार्थक पहलका साथै वर्दियाअछाममा प्रायोजित विवाद ननिकाल्ने समेत वैठक महासंघ नेतृत्वको ध्यानाकर्षण गराउँछ। यि सवालहरुलाई कायम राखेर महाधिवेशनमा जाँदा उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं महासंघ नेतृत्व हुने पनि यो वैंठक  सालिनतापूर्वक जानकारी गराउँछ।  

५. पत्रकारको स्ट्रिङ् अपरेसनका क्रममा समाचारमा मोलमोलाई गर्ने पत्रकार तथा महासंघको प्रतिष्ठान विभागका संयोजकले ईमेज टेलिभिजनका समाचार सम्पादक समेत रहेका महाँसंघका अध्यक्षलाई भिडियोमा आरोपित गरेकाले त्यसका विषयमा महाँसंघका पूर्वअध्यक्षहरू वा स्वतन्त्र निकायबाट छानविनका लागि युनियनको यो वैठक पुनः माग गर्दछ।  महासंघका अध्यक्ष लगायतका जिम्मेवार पदाधिकारीहरुबाटई जिम्मेवार ढंगले जवाफदेहिताको अपेक्षा यो वैठक राख्दछ। महासंघका विषयमा उठेका सवालहरुमा आधिकारीक रुपमा जवाफ दिनुपर्नेमा सामाजिक सञ्जालहरुमा व्यक्तिगत गालिगलौजमा नउत्रिन पनि यो वैठक महासंघका नेतृत्वलाई सुझाव दिन्छ।

६. नेपाल प्रेस युनियन बाजुराका अध्यक्ष छक्क मल्ललाई लगाईएको झुटा मुद्धा खारेजीको माग गर्दै बाजुरामा गइ थप अध्ययन गर्न मिसन छोली बाजुरा पठाउने वैठकले निर्णय गरेको छ।

७. अलगअलग प्रदेशमा रहेका नवलपरासी जिल्लाको महासंघको संरचनालाई प्रदेश नम्बर चारमै राख्न र रूकुमको संरचनालाई प्रदेश नम्बर ६ मा राख्न वैठकले आह्वान गर्ने निर्णय गरेको छ। 

८. नेपाल प्रेस युनियनको शाखा अधिवेशनहरु भदौको  १० गतेबाट खुल्ला गर्ने निर्णय वैठकले गरेको छ।

९. यही भदौ २१ गतेबाट समाप्त हुने नेपाल प्रेस युनियन वर्तमान कार्यसमितिको कार्यकाल विधानको धारा २६ को प्रावधान अनुसार एक वर्ष थप गरि थपिएको समयमै महाधिवेसन सम्पन्न गर्ने निर्णय वैठकले गरेको छ।

१० न्यूनतम पारिश्रमिक लागू भएको दुई बर्षको अवधिमा पनि विभिन्न सञ्चारगृहमा सो व्यवस्था पूर्ण रुपमा लागू हुन नसकेकोमा चासो व्यक्त गर्दै वैठकले सबै सञ्चारगृहलाई न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न र सरोकारवाला निकायहरुलाई यसको कडाइका साथ अनुगमनका लागि आग्रह गर्ने निर्णय वैठकले गरेको छ। साथै प्रत्येक दुई दुई बर्षमा पूनर्विचार गरिने प्रावधान अनुसार नयाँ न्यूनतम पारिश्रमिकका लागि पहल लिन पनि न्यूनतम पारिश्रमिक निर्धारण समिति र सञ्चार मन्त्रालयसँग युनियनको यो वैठक माग गर्दछ। धन्यवाद।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सन्दीपले पाए अमेरिकाको भिसा

काठमाडौँ  । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामछिानेले अमेरकिाको भिसा पाएका छन्। नेपालस्थति अमेरिकी …

प्रतिकृया दिनुहॊस