डुबेर दुई विद्यार्थीको मृत्यु

धादिङ ।  गर्मी छल्न बूढीगण्डकी नदीमा नुहाउन गएका दुईजना विद्यार्थीको मंगलबार साँझ डुबेर मृत्यु भएको छ। त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटार निवासी १५ वर्षीय कुशल हमाल र १३ वर्षीय कस्मिक हमालको बूढीगण्डकीमा डुबेको अवस्थामा उद्धार गरिएको  थियो ।

उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लैजादै गर्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ध्रुबराज राउतले बताए। नदीमा डुबेपछि उनीहरुलाई गाउँलेले उद्धार गरेका थिए । उद्धारपछि सल्यानटारमा प्रारम्भिक उपचार भएको थियो।

अन्‍नपूर्ण पोस्ट्

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री