सरकारले तोकेको उखुको मूल्य मान्दैनौँ : चिनी उत्पादक महासंघ

सर्लाही । सरकारले बिहीबार निर्धारण गरेको मूल्यमा चिनी कारखाना सञ्चालन गर्न नसक्ने नेपाल चिनी उत्पादक महासंघले जनाएको छ ।  बिहीबार सरकारले  आर्थिक वर्ष २०७५/७६ का लागि उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको थियो । उखुको मूल्य निर्धारण गर्दा सरकारले चिनी उत्पादक महासंघसँग कुनै छलफल नै नगरी अस्वाभाविक रुपमा निर्धारण गरेकोले त्यो मूल्य कुनै पनि हालतमा स्वीकार्य नहुने चिनी उत्पादक महासंघका अध्यक्ष शशिकान्त अग्रवालले बताए।

एउटै देशमा उखुको दुई किसिमको मूल्य नहुने बताउँदै नवलपरासी पश्चिमका चिनी कारखानाले ३८५ रुपैयाँमा उखु खरिद गरेकाले त्यसलाई आधार मानेर सरकारले उखुको मूल्य निर्धारण गर्नुपर्ने अग्रवालको भनाई छ । महोत्तरीको रामनगरमा रहेको एभरेष्ट सुगरमिलका सञ्चालकसमेत रहेका उनले आज सरकारका मन्त्रीलाई भटेर यसबारे थप  छलफल गर्ने बताए ।

किसान खुशी

यता सरकारले उखुको मूल्य निर्धारण गरेपछि उखु किसान खुशी भएका छन् ।  लामो समयसम्म पनि   मूल्य निर्धारण नभएको कारण खेतमा नै उखु सुक्न थालेपछि उखु किसानहरू चिन्तामा परेका थिए । क्रसिङका लागि उद्योगले  किसानको उखु खरिद गरेर धमाधम मिल सञ्चालन गर्नु पर्ने नेपाल उखु उत्पादन महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए।

उनले आजभन्दा पाँच वर्ष पहिले नै किसानसँग ५३६ रुपैयाँमा उद्योगले उखु खरिद गरिसकेकाले यो  मूल्य कुनै अस्वाभाविक नभएको जिकीर गर्नुभयो ।  पुसको तेस्रो साता बितिसक्दा समेत  चिनी उद्योग सञ्चालन नभएपछि यस वर्ष पनि किसानको उखु खेतमा  सुक्ने सम्भावना कायमै छ

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस