१० फागुन, काठमाडौं । वीर हस्पिटलको निर्माणाधीन भवनमा रहेको अस्थायी लिफ्ट चुडिँएर दुई जनाको मृत्यु भएको छ । एकजना गम्भीर छन् ।
महागनरीय प्रहरी वृत्त, जनसेवाका प्रमुख डीएसपी टेकुनन्द इवा लिम्बु दिएको जानकारी अनुसार मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय नवीनकुमार चौधी र २० वर्षीय भूमिकुमार चौधरी छन् । सप्तरीकै सचितानन्द चौधरी गम्भीर घाइते छन् । हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । चिकित्सकहरुका अनुसार उनको आन्तरिक रक्तश्राव जारी छ । यद्यपि, कम्मरमुनिबाटै रक्तश्राव भइरहेकाले आत्तिहाल्नु पर्नै अवस्था छैन ।
प्रहरीका अनुसार तीन जनै निर्माण मजदुर हुन् । गएराति करिब ८ बजे सामान माथि लैजानलाई बनाइएको अस्थायी लिफ्टको चार तलामाथिबाट चुडिएर उनीहरु खसेका थिए । त्यसक्रममा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने अर्का व्यक्तिलाई हस्पिटल भर्ना गरिएको एक घण्टामा चिकित्सकहरुले मृत घोषित गरेका थिए ।
हाल घटनास्थलको मुचुल्का प्रक्रिया प्रहरीले सकेको छ । दुई जनाको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । अनलाइनखबर
प्रतिकृया दिनुहॊस