मोदी फेरी प्रधानमन्त्री बन्ने प्रक्षेपण

काठमाडौं । भारतमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बन्ने सर्वेक्षणहरु गरिएका छन् । अधिकांश भारतीय सञ्चारमाध्यमहरुले भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले बहुमत प्राप्त गर्ने देखिएका छन् । उनीहरुले भारतीय जनता पार्टीको एकल बहुमत नआएपछि मोदी पुनःप्रधानमन्त्री बन्ने निष्कर्ष निस्किएको छ ।

भाजपा नेतृत्वको गठबन्धनले ३०० भन्दा बढी सिटमा जित हासिल गर्ने उनीहरुको सर्वेक्षणमा उल्लेख छ । भारतीय जनता पार्टीले समेत आफ्नो एकल बहुमत नआउने निष्कर्षसहित अन्य दलहरुसँग मिलेर सरकार बनाउने भन्दै छलफल सुरु गरेको छ । भारतमा ५४२ सिटको लोकसभामा सरकार गठनका लागि २७३ सिट आवश्यक  हुन्छ ।  भारतीय काँग्रेसको प्रदर्शन पनि यसपाधार हुने अपेक्षा गरिएको छ । काँग्रेस एक्लैले एक सय भन्दा बढी सिटमा जित हासिल गर्ने अनुमान गरिएको छ । काँग्रेस अध्यक्ष राहुल गान्धीले गठबन्धन सरकारका लागि पहल थालिसकेका छन् । उनले प्रगतिशिल गठबन्धन निकटस्थहरुसँग नयाँ सरकार गठनबारे छलफल गरिरहेका छन् ।

लोकसभा निर्वाचनको मतगणना मे २३ तारिखमा हुने  भएको छ । भारतीय काँग्रेससहित विपक्षी गठबन्धनले भने एक्जिट पोलको अनुमानहरु गलत भएको वताएका छन् । उनीहरुले विपक्षी गठबन्धनले सरकार  बनाउने वताएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एमाले कांग्रेस मिल्नुपर्छ भन्ने छ, तर हामीलाई हतार छैन : रमेश लेखक

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका …

प्रतिकृया दिनुहॊस