भ्वाइस अफ नेपाल : छानिए उत्कृष्ट ४ जना, अर्को शनिबार ग्राण्ड फिनाले

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल सिजन-३’ मा चार उत्कृष्ट प्रतिभाहरु छानिएका छन् । शुक्रबार को सेमिफाइनलमा चार टीमका एक-एक जना प्रतिभाहरु ग्राण्ड फिनालेमा प्रवेश गरेका छन् ।

सबैभन्दा कडा प्रतिस्पर्धा मानिएको टीम प्रमोदबाट किरण गजमेर फाइनलमा प्रवेश गरेका छन् भने सिक्किमका रवि गहतराजको भ्वाइसको यात्रा अन्त्य भएको छ । यस्तै टीम दीपबाट दार्जिलिङका आर्यन तामाङ फाइनल प्रवेश गरेका छन् । बुटबलका गोविन्द पुनको भ्वाइस यात्रा टप ८ सम्म पुगेर रोकिएको छ ।

टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर फाइनल प्रवेश गरेकी छिन् । काठमाडौका सोनाम शेर्पासँग उनको कडा प्रतिस्पर्धा भएको थियो । टीम तृष्णाबाट अफ्रिता खड्गीलाई उछिन्दै ज्वाला राई फाइनल प्रवेश गरेका छन् । एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एसएमएस र अनलाइनमार्फत् संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए । प्रभु पेमार्फत् गरिने अनलाइन भोटिङमा फ्रि भोट गर्ने सुविधा समेत छ ।

आज शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले फिनालेको भोटका लागि आफ्ना प्रस्तुती दिनेछन् । अर्को शनिबार हुने ग्राण्ड फिनालेमार्फत् यी चार जनामध्ये एक जनाले द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि प्राप्त गर्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सौगात अभिनीत ‘बम बहादुर’को टिजर सार्वजनिक (भिडिओ)

काठमाडौँ । अभिनेता सौगात मल्लको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘बम बहादुर’को टिजर सार्वजनिक गरिएको …

प्रतिकृया दिनुहॊस