‘बाटुली’ मा छुच्ची सासु बनिन् मौसमी मल्ल (भिडियो)

काठमाडौं । नयाँ पारिवारीक टेलिश्रृंखला ‘बाटुली’ प्रसारणमा आएको छ । आर्टिष्ट खबर मिडियाले निर्माण गरेको यस टेलिश्रृंखला न्युज नेपाल एचडी टेलिभिजनमा हरेक मंगलबार साँझ ७ः३० मा प्रसारण हुनेछ । पहिलो श्रृंखला गएको मंगलबार (भदौ १) गते प्रसारण भएको हो ।

सञ्चारकर्मी गोपीकृष्ण चापागाईं र नवराज अधिकारीको निर्देशनमा तयार भएको ‘बाटुली’ टेलिश्रृंखला झण्डै २५ बर्ष पुरानो कथामा निर्माण गरिएको बताइएको छ । मोबाइल युग भन्दा अघि नेपाली गाउँ समाजमा सासु र बुहारीबीच हुने बिभेदलाई टेलिश्रृंखलामा हेर्न सकिने निर्देशक गोपीकृष्णले जानकारी दिए । उनले भने, ‘पछिल्लो समय नेपालमा धेरै टेलिश्रृंखला निर्माण भइरहेको समयमा हामीले पुरानो कथालाई उठान गरेका छौं’, टेलिश्रृंखलाको कथा पनि गोपीकृष्णले लेखेका हुन् ।

टेलिश्रृंखलाको निर्माण नेपालको मध्य जिल्ला नवलपरासी पूर्व (नवलपुर) मा गरिएका अर्का निर्देशक तथा ब्यवस्थापक नवराज अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार नवलपुरको देवचुली नगरपालिका–४ र ५ को झाँक्रे गाउँमा छायांकन गरिएको छ । सुरुमा ४ भाग छायांकन भइसकेको बताइएको छ ।

टेलिश्रृंखला ‘बाटुली’ मा लोकप्रिय अभिनेत्री मौसमी मल्ल सासुको भूमिकामा छिन् भने सिपी पोडेललाई ससुराको भूमिकामा देख्न सकिनेछ । यस्तै कलाकार संगम भुसालले बुहारीको भूमिका निभाएकी छिन् । यस्तै खगराज सापकोटा, नारायण प्रभु, नवराज अधिकारी, राशि रिजाल, समीक्षा लामिछाने, बाल कलाकार खुसी अर्याललगायतको अभिनय रहेको छ । अनिल लामिछानेको छायाँकन रहेको टेलिश्रृंखला ‘बाटुली’ मा शारदा पौडेलको श्रृंगार रहेको छ भने वीरेन्द्र भाट विपिनको सम्पादन रहेको छ । टेलिश्रृंखला ‘बाटुली’ मा निरज पन्थीको सहायक निर्देशन रहेको छ । बाटुली आर्टिष्ट खबरको युट्युवमा मंगलबार साँझ ८ बजेबाट हेर्न सकिने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस

This will auto close after