अर्थमन्त्रीको प्रतिवेदन- मन्दीतर्फ उन्मुख अर्थतन्त्र सुधारेको बाटोमा (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सहकारी क्षेत्रमा नियामक निकाय बन्न सकेमात्र यस क्षेत्रको समस्या समाधान हुने दाबी गरेका छन् । ललितपुरको गोदावरीमा पार्टीको जारी महासमिति बैठकमा ‘नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा’ प्रतिवेदन प्रस्तुत गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

अर्थमन्त्री महतले नकारात्मक दिशातर्फ अग्रसर देशको अर्थतन्त्र लयमा फर्काएको दाबी गरे । उनले अर्थमन्त्रीको रूपमा कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक नकारात्मक अवस्थामा रहेको बताएका छन् । उनले आर्थिक वृद्धि खुम्चिएर १.८६ प्रतिशत पुगेको बताउँदै विगत केही वर्षदेखि नै स्रोतको आँकलन नगरी ठुलो सङ्ख्यामा बहुवर्षीय ठेक्का लगाउने प्रवृत्तिले स्रोतमा चापको अवस्था रहेको बताए ।

आयोजनाको प्राथमिकीकरण कमजोर रहेको र स–साना आयोजनाहरूमा बजेट छर्ने समस्याले खर्चको प्रभावकारितामा समस्या रहेका स्मरण गरे । कोभिडको परिवेशमा नेपाल राष्ट्र बैंकमार्फत ठुलो मात्रामा कर्जा विस्तार भएको र पछि एक्कासि नियन्त्रणमूलक नीति लिँदा अर्थतन्त्रमा सङ्कुचनकारी असर देखिएको उनको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउ १५ हजार ९ सयले घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । नेपाली बजारमा आज प्रतितोला सुनमा १५ हजार ९ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम गरेको छ ।

प्रतिकृया दिनुहॊस