सिटिजन लाइफ इन्स्योरेन्सकोशाखा विस्तार

काठमाडौं ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलेबुटवलमा क्षेत्रीय कार्यालय र भैरहवामा शाखा कार्यालय विस्तार गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा कम्पनीका ब्रान्ड एम्बेस्डर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठबाट संयुक्त रुपमा शाखाहरुकोसमुद्घाटन भएको हो ।

उक्त शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

हाल कम्पनीले अधिराज्यभर ३४ शाखा कार्यालयहरु तथा ४ वटा वैदेशिक रोजगार जीवन बीमा सेवा केन्द्रहरु मार्फत अत्याधुनिक प्रविधिद्वारा ग्राहकहरुलाई जीवनबीमा सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले सबै थरीका जीवन बीमा योजनाका साथै वैदेशिक रोजगारम्यादी जीवन बीमा योजना प्रचलनमा ल्याएको छ । कम्पनीलेनिकट भविष्यमा देशका सबै जिल्लाहरुबाट आफ्ना  गा्रहकवर्गलाइ जीवन बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस