आर्थिक

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तिब्र शाखा विस्तार थप १ शाखा सुर्खेतमा

काठमाडौँ ।आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवालाई विस्तार गर्दै देशको कुना कुनासम्म पु¥याउने उद्देश्यले सुर्खेतमा थप १ शाखा कार्यालयबाट सेवा विस्तार गरेका छ । उक्त शाखाको उद्घाटन कम्पनीका संचालक योगेन्द्र राईज्यू तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गर्नुभयो । शाखा उद्घाटन समारोहमा स्थानिय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु सरकारी तथा ग्रह्रसरकारी संस्थाका प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति …

पुरा पढ्नुहॊस »

सिटिजन लाइफ इन्स्योरेन्सको सीईओमा पोषकराज पौडेल

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पोषकराज पौडेल नियुक्त भएका छन् । यसअघि अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीमा वित्त प्रमुख रहेका पौडेललाई कम्पनीले गत साता सीईओ नियुक्त गरेको हो । पौडेलसँग बीमा क्षेत्रमा १५ वर्ष, वित्तीय क्षेत्रमा ६ वर्षको अनुभव रहेको छ । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबिए,एसिएस र एफएलएमआई अध्ययन गरेका छन् भने अन्तराष्ट्रिय क्षेत्रमा तालिम समेत लिएका छन् । गत कात्तिकदेखि व्यवसायिक कारोबार थालेको इन्स्योरेन्सले हालसम्म ३२ …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकद्धारा बेबी लाईफ होमलाई आर्थिक सहयोग

काठमाडौँ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब एक दशक देखि एच .आई भी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको बेबीलाईफ होमलाई रू एक लाख पचास हजारको आर्थिक सहयोग उपलब्ध गराएको छ ।बैंकले आफ्नो एघारौ बार्षिक उत्सवको उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो ।एक भब्य कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समुपस्थितिमा रू एक लाख पचास हजारको चेक संस्थाका संचालक राजकुमार पुनलाई हस्तान्तरण …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको शाखा महोत्तरीको एकडारा गाउँपालिकामा

काठमाडौं ।  प्रभु  बैंक लिमिटेडले आप्mनो नयाँ शाखा महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नं. १ मा संचालनमा ल्याएको छ ।संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँगाउँमा बैंकिङ्ग पहुँच पुर्याउने उद्देश्यले बैंकले  उक्त शाखा संचालनमा ल्याएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले एक समारोहका विच बैंकको एकडारा शाखा कार्यालय समुद्घाटन गरे । शाखा कार्यालय उद्घाटन कार्यक्रममा …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकको आकर्षक नगद फिर्ता योजना

काठमाडौं ।  हिमालयन बैंक लि.ले आफ्ना ग्राहकवर्गहरुलाई आकर्षक नगद फिर्ता योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत, बैंकका ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डको माध्यमबाट सामानहरु खरिद गर्दा १०% सम्म नगद फिर्ता पाउने छन् । यो योजनामा सहभागी हुन ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डबाट नेपालका कुनै पनि पोइन्ट अफ सेल (POS) मेशिन वा अनलाइनबाट सामानहरु खरिद गर्नुपर्ने हुन्छ । यस योजना अन्तर्गत ग्राहकले पोइन्ट …

पुरा पढ्नुहॊस »

इकोनोमिक जर्नालिष्ट एशोसिएसन (EJA ) गठन

वीरगंज। आर्थिक क्षेत्रमा कृयाशिल पर्साका पत्रकारहरुको आज सम्पन्न भेलाले इकोनोमिक जर्नालिष्ट एशोसिएसन (EJA) गठन गरेको छ । भेलाले हिमालय टेलिभिजनका क्षेत्रिय ब्युरो प्रमुख विजय कुशवाहाको अध्यक्षतामा अनुप तिवारी, भुषण यादव, आर.के. पटेल, अशोक संग्रौला, जितेन्द्र साह, अलि असगर देवान, सफल खतिवडा, राम कुशवाहा, सुष्मा शर्मा, श्याम कुशवाहा, रेणुका मल्ल, संजिव मिश्रा, समिना रंजितकार, विक्की नेपाल लगायत १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा …

पुरा पढ्नुहॊस »

सामसङ्ग मोबाइल कार्निभल

काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रालि अन्तर्गत संचालित सामसङ्ग प्लाजामा मोबाइल एक्सचेञ्ज मेला संचालन भईरहेको छ । फेब्रुअरी ८ देखि १८ सम्म चल्ने यो कार्निभलमा कुनै पनि ब्रान्डका पुरानो मोवाइलसँग सामसङ्गका नयाँ र आधुनिक प्रविधिको स्मार्ट फोनहरु एक्सचेञ्ज गर्न सक्नेछन् । हालको मितिसम्म २ हजार भन्दा बढि मोवाइल सेटहरु एक्सचेञ्ज भईसकेका छन् । यो मेला उपत्यकाभर फैलिएका ७ वटा सामसङ्ग प्लाजाहरुमा संचालन भईरहेको छ । मेलामा एक्सचेञ्ज गर्न आएका एक ग्राहकले …

पुरा पढ्नुहॊस »

मुलुकमा स्थाइ सरकार आउँछ, लगानीको वातावरण बन्छ –चन्द्रप्रसाद ढकाल

लमजुङ्ग । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा स्थायी सरकार आइ पर्याप्त मात्रामा लगानीको वातावरण बन्ने विश्वास ब्यक्त गरे । जलविधुत र पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको कुरामा जोड दिँदै उपाध्यक्ष ढकालले ब्यापार–व्यवसायको प्रवद्र्धन गर्न स्थानीय उधोगी–व्यवसायीहरुलाई सहयोग पु¥याउने कार्यमा नेपाल उधोग वाणिज्य महासंघ दत्तचित्त भएर लागेको बताए । लमजुङ्ग उद्योग वाणिज्य संघको आयोजनामा लमजुङ्गस्थित बेशीसहरमा आयोजित दोस्रो बेशीसहर महोत्वसलाई प्रमुख अतिथीको …

पुरा पढ्नुहॊस »

एशियाली विकास बैंकले १० अर्ब ऋण दिने

काठमाडौं । एशियाली विकास बैंकले नेपाल सरकारलाई ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयन गर्न १० अर्ब रुपैयाँ ऋण सहयोग प्रदान गर्ने भएको छ । उक्त बैंकले स्थानीय पूर्वाधार विकास तथा कृषि सडकको पुनःसंरचनाका निम्ति १० करोड रुपैयाँ बराबरको प्राविधिक सहायता पनि उपलब्ध गराउने भएको छ । अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा ऋण तथा अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा एशियाली विकास बैंकका देशीय निर्देशक मुख्तोर खामुदाख्नोभ र अर्थसचिव शंकरप्रसाद अधिकारीले हस्ताक्षर गरेका छन् । उक्त परियोजनाअन्तर्गत …

पुरा पढ्नुहॊस »

रिलायन्स लाईफ इन्स्योरेन्स र जनता बैंक नेपाल बिच बैंकासुरेन्स सम्झौता

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र जनता बैैंक नेपाल लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त  सम्झौतामा रिलायन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पृथ्वी श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात बैंकले बीमकको बीमाअभिकर्ताको रुपमा आफ्ना ग्राहकहरुलाई रिलायन्सद्धारा जारी गरिएका बीमालेखहरु बिक्री  वितरण गर्ने छ । हाल यस कम्पनीको कूल पुँजी २ अर्ब १० करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब ४७ करोड …

पुरा पढ्नुहॊस »