काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ललितपुरको पुल्चोकमा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेले शाखाको उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले कम्पनीको अवस्था र भावी योजनाको बारेमा जानकारी गराए। शाखा कार्यालय सञ्चालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने छ ।
उक्त शाखा खोलेसँगै कम्पनीले मुलुकभर ३५ शाखा कार्यालय तथा ४ वैदेशिक रोजगार जीवन बीमा सेवा केन्द्र भएको जनाएको छ । ती शाखा र केन्द्रहरुमार्फत अत्याधुनिक प्रविधिद्वारा ग्राहकहरुलाई जीवनबीमा सेवा प्रदान गरिरहेको जनाइको छ । कम्पनीले सबै थरीका जीवनबीमा योजनाका साथै वैदेशिक रोजगार म्यादी जीवन बीमा योजना प्रचलनमा ल्याइरहेको जानकरी दिएको छ ।
हाल कम्पनीको अधिकृत पुँजी ३ अर्ब, जारी पुँजी २ अर्ब ५० लाख रहेको छ । जसमध्ये संस्थापकबाट ७० प्रतिशतले हुने रकम रू. १ अर्ब ७५ करोड चुक्ता पुँजी रहेको जनाएको छ । कम्पनीको अनुसार निकट भविष्यमा रू. ७५ करोडको सर्वसाधारणको लागि शेयर जारी गरी चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने लक्ष्य लिइएको छ ।
प्रतिकृया दिनुहॊस