सिटिजन्स म्युचअल फण्डको आइतबार बाँडफाँड, १७ हजार आवेदकले ८२ करोड पाए

काठमाडौं । सिटिजन्स बैंकले ल्याएको सिटिजन्स म्युचअल फण्ड १ को आइतबार बाँडफाँड भएको छ । १७ हजार आवेदकलाई ८२ करोड रुपैयाँको सिटिजन्स फण्ड बाँडफाँड भएको हो ।

प्रति एकाई १० रुपैयाँ दरको १ अर्ब रुपैयाँको १० करोड कित्ता फण्ड निष्कासन भएको थियो । निष्कासन भएको मध्ये १८ करोडको बिक्री नभएको सीबीआईएलले जनाएको छ । लगानीकर्तालाई वार्षिक २२ प्रतिशत भन्दा बढी लाभांश दिने सीबीआईएलले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रवर्धन र सीबीआइएल आयोजना व्यवस्थापक रहेको म्युचअल फण्डले आउदो ७ वर्षमा औसत २२.३ प्रतिशत लाभांश दिने भएको हो ।

म्युचअल फण्डले पहिलो वर्ष ७.४, दोसो वर्ष १७, तेस्रो वर्ष १५.१८, चौथो वर्ष २०, पाँचौ वर्ष १९.८५, छैठौ वर्ष ३८.५ र सातौ वर्ष ३८.२ प्रतिशत प्रतिफल दिने छ ।

म्युचअल फण्डले पहिलो वर्ष २ करोड ३७ लाख २६ हजार रुपैयाँ नगद लाभांश दिने छ । त्यसपछि दोस्रो वर्ष २ करोड ९८ लाख, तेस्रो वर्ष ४ करोड ९ लाख, चौथो वर्ष ९ करोड १ लाख पाँचौ वर्ष ४ करोड २१ लाख, छैठौ वर्ष १८ करोड ९९ लाख र सातौ वर्ष बढेर २५करोड ३७ लाख रुपैयाँ लाभांश दिने सीबीआईएलले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सामान्य अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको …

प्रतिकृया दिनुहॊस