बुद्ध एयरले थप्यो नयाँ जहाज, भोलीदेखि उडान

काठमाडौं। बुद्ध एयरले शनिबारदेखि नयाँ एटिआर ७२-२१२ ‘९ एन-एएमएफ’ जहाज उडान गर्ने भएको छ। केही  महिना अघि कम्पनीले एयर क्यालेडोइन कम्पनीबाट यो जहाज किनेको थियो।यो सँगै बुद्धसँग पाँच वटा एटिआर भएको छ।

कम्पनीका अनुसार नयाँ जहाजले शनिबारदेखि भद्रपुर, विराटनगर, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी लगायतका गन्तब्यमा उडान गर्नेछ। कम्पनीका वरिष्ठ कार्यकारी प्रवन्धक सुवास घिमिरेले नयाँ एटिआरले शनिबारदेखि उडान थाल्ने बताएका हुन । यो जहाजको  क्षमता  यात्रु ७४  छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री