डिशहोम प्लस मुभीको एक दशक पूरा

काठमाडौं । टेलिभिजनमा नेपाली चलचित्रहरुमार्फत दर्शकलाई मनोरञ्जन दिने उद्देश्यसहित डिशहोमले शुरु गरेको प्लस मुभी च्यानलले एक दशक पूरा गरेको छ ।

डिशहोममा मुभी अन डिमाण्ड नामबाट सुरु भएको यो च्यानल सन् २०१२ देखि प्लसमुभी च्यानलको नामबाट संचालनमा छ । दैनिक आठ शो नेपाली चलचित्रहरु प्रशारण गरिरहेको यो च्यानल डिशहोमका दर्शकहरुमाझ निकै लोकप्रिय छ ।

नयाँ, पुराना तथा सबै विधाका नेपाली चलचित्रहरु प्रदर्शन गरिरहेको प्लस मूभी च्यानल डिशहोममा एचडी गुणस्तरमा हेर्न सकिन्छ । यो च्यानल मार्फत दुरदराजका दर्शकहरुले समेत नेपाली चलचित्र सजिलै हेर्न पाएको कम्पनीले जनाएको छ ।

प्लस मूभीसँगै डिशहोमले रमाइलो, एक्सन स्पोर्टस्, सरोकार, रियालिटी टिभी, गुञ्जन, सिनेहिट्स, कमेडी प्लस, डी मुभिज, जुनियर, राइम्स, डी म्यूजिक, नेपाः, मधेश प्लस जस्ता आफ्नै च्यानलहरु समेत प्रशारण गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

टिभिएसको स्कुटर खरिद गरेकी गोदावरीले पाइन् शतप्रतिशत क्यास ब्याक

धनगढी । टिभिएसको ‘मेरो साथी’ योजना अन्तर्गत धनगढीकी गोदावरी ठगुन्नाले सय प्रतिशत क्यास ब्याक हात …

प्रतिकृया दिनुहॊस