आर्थिक

मंगलबार नेप्से परिसूचक ४४ दशमलव १८ अङ्कले घट्यो

काठमाण्डाै । मंगलबार  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ४४ दशमलव १८ अङ्कले घटेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबार   नेप्से ४४ दशमलव १८   अङ्कले घटेर २  हजार ९३६ दशमलव ६१   बिन्दुमा आइपुगेको छ । स्टकका  अनुसार आज कुल २२२   कम्पनीका १  करोड ५०  लाख ८२   हजार ८१  कित्ता शेयर ७   अर्ब ४९    करोड ५८ लाख १२ हजार १६१     रुपैयाँमा खरिद–बिक्री भएको छ ।

पुरा पढ्नुहॊस »

युनिलिभर नेपालको ६५० प्रतिशत नगत लाभांश घोषणा

युनिलिभर नेपालले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई  ६५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। युनिलिभर नेपालले  अघिल्लाे वर्ष शतप्रतिशत मात्रै लाभांश दिएको कम्पनीले यस वर्ष लाभांश दर बढाएको छ। प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

पुरा पढ्नुहॊस »

सुनचाँदीको मूल्य स्थिर

काठमाडाैँ । नेपाली बजारमा दुुई दिनदेखि सुनचाँदीको मूल्य स्थिर भएको छ । सोमबार प्रतितोला ९१ हजार ४०० रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य आज पनि स्थिर रहेको हो । यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोलामा हिजोकै दर अर्थात ९० हजार ९९० रुपैयाँ कायम छ । चाँदीको मूल्य तीन दिनदेखि प्रतितोला १२३० रूपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

पुरा पढ्नुहॊस »

रेल नचल्दै ५५ करोड भार

काठमाडौं । भारत सरकारले करिब ९ अर्ब रुपैयाँ खर्चेर जयनगर–बर्दिवास ७२ किलोमिटर ब्रोडगेज रेलवे लिक तयार पार्दैछ । रेलमार्गको ७२ मध्ये जयनगर–कुर्था ३६ किलोमिटर लामो ब्रोडगेज तयार भएको तीन वर्ष पुग्यो । बाँकी खण्डमा लिक निर्माण भइरहेको छ । लिकमा गुडाउन ८६ करोड रुपैयाँमा नेपाल सरकारले दुई सेट डेमो रेल खरिद गरेको एक वर्ष नाघ्यो तर रेल सेवा कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने आमप्रश्न छ, जसको जवाफ नेपाल रेलवे कम्पनी लिमिटेडका नव नियुक्त महाप्रबन्धक …

पुरा पढ्नुहॊस »

इसेवाबाट नेपाल लाइफको बीमा शुल्क तिर्दा क्यासब्याक

काठमाडाैं । इसेवाबाट नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाइने भएको छ । बिमितहरूले इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा बीमा शुल्कको ०.३५ प्रतिशत देखि १ हजारसम्मको आकर्षक क्यासब्याक पाउनेछन् । यस्तै यस याेजनाकाे बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सकिने छ । कार्तिक मसान्तसम्म सञ्चालन हुने यस योजनामा नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्ने जो कोही पनि सहभागी हुन सक्ने इसेवाले जनाएकाे छ ।

पुरा पढ्नुहॊस »

सुजुकीले ल्यायो ‘पर्वोत्सव’ ग्राहक योजना

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहारको अवसर पारेर आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकले २ लाख रुपैयाँबराबरको नगद छुट, १ लाख ५० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, २० हजार रुपैयाँसम्म लोयोल्टी बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्डमार्फत ७५ हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउने कम्पनीले जनाएको छ। यसकासाथै क्लियरेन्स मोडेलमा विशेष छुटको …

पुरा पढ्नुहॊस »

सोमबार नेप्से परिसूचक १६१ दशमलव ९४ अङ्कले बढ्यो

काठमाण्डाै । सोमबार  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १६१ दशमलव ९४ अङ्कले बढेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार  नेप्से १६१ दशमलव ९४   अङ्कले बढेर २  हजार ९८० दशमलव ७९    बिन्दुमा पुगेको छ । स्टकका  अनुसार आज कुल २२४   कम्पनीका १  करोड ७८  लाख ६८   हजार १६६ कित्ता शेयर ९   अर्ब ८२    करोड ६२ लाख  २२ हजार ८०६     रुपैयाँमा खरिद–बिक्री भएको छ ।

पुरा पढ्नुहॊस »

एनएमबि सरल बचत फण्ड मा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । गत भदौ १७ गतेदेखि सार्वजनिक निष्कासन आएको एनएमबि सरल बचत फण्ड ई को इकाई खरिदका लागि आवेदन दिने म्याद  आज अन्तिम रहेको छ । एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुने यस फण्डले १० करोड इकाई विक्री खुल्ला गरेको छ । इकाई खरिदका लागि न्यूनतम १०० देखि अधिकतम ४० लाख इकाईसम्म माग गर्न सकिने व्यवस्था छ । इकाई खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण सि आस्बा सदस्य बैंक …

पुरा पढ्नुहॊस »

सोमबार सुनचाँदीको मूल्य कति पुग्यो ?

काठमाडौं । सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ सयले बढेर ९१ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाला सुन तोला ९१ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ९ सय रहेको छ । त्यसैगरी चाँदीको मूल्य स्थिर रहदै प्रतितोला १२३० मा …

पुरा पढ्नुहॊस »

मौद्रिक नीतिको असर : सेयर बजारमा पहिरो

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिका कारण लगानीकर्ता आत्तिँदा पुँजी बजार निरन्तर ओरालो लाग्ने क्रम जारी छ । सेयर बजार परिसूचक नेप्से तीन हजार दुई सय हाराहारीमा पुगेको पुँजी बजारमा पहिरो जाने क्रम नरोकिँदा छोटो समयमै नेप्से दुई हजार आठ सय वरिपरि झरेको छ । साताको पहिलो दिन आइतबार नेप्से अघिल्लो दिनको कारोबारको तुलनामा एक सय आठ अंकले घटेर दुई हजार आठ सय १८ बिन्दुमा झर्‍यो । …

पुरा पढ्नुहॊस »
This will auto close after